राँके–रवि-भेडेटार सडक खण्डमा अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ

  नयाँ बुलन्द
504 Shares

पाँचथरः पाँचथर प्रहरीले अवैध भरुवा बन्दुकसहित दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बुधबार मिक्लाजुङ गाउँपालिका-६ कन्याटारस्थित राँके-रवि-भेडेटार सडकखण्डमा चेकजाँचका क्रममा प्र.१-०१-१४ प ६०४५ नम्बरको यामाहा एमटी-१५ मोटरसाइकल रोकी चेकजाँचका क्रममा मोटरसाइकल चालक मिक्लाजुङ गाउँपालिका-५ का कृष्णबहादुर माखिमका छोरा २५ वर्षीय दिलबिर माखिम र पछाडि सवार सोही गाउँपालिका-५ कुरुम्बाका तौलबहादुर माखिमका छोरा ३७ वर्षीय मनकुमार माखिमको साथबाट एक थान एकनाले खाली भरुवा बन्दुक बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनासहित मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सम्मानित पाँचथर जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार