चुलाचुली-१ मा वृक्षरोपण अभियान, वातावरण संरक्षणमा सामूहिक सहभागिता

  नयाँ बुलन्द
35 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकाको सहयोगमा चुलाचुली गाउँपालिका–१ स्थित कमल खोलाधार क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले आयोजित वृक्षरोपण कार्यक्रममा कमल सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, चुलाचुली वन कार्यालयका प्रतिनिधि तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रम सफल बनाउन चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, १ नं. वडा अध्यक्ष पूर्ण लावतीसहित कमल सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।

आयोजकले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि वातावरण संरक्षण र वन क्षेत्रको दिगो व्यवस्थापनका यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार