माङसेबुङमा स्वास्थ्य क्षेत्रमा ४९ लाख बढी खर्च, औषधि, पोषण र मातृ-शिशु स्वास्थ्यलाई प्राथमिकता

  नयाँ बुलन्द
14 Shares


माङसबुङ :
 इलामको माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य सेवाको गुणस्तर सुधार, आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार तथा मातृ-शिशु स्वास्थ्यलाई सुदृढ बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख प्रदिप राईका अनुसार अधिकांश कार्यक्रम सम्पन्न भएका छन् भने केही कार्यक्रमको भुक्तानी प्रक्रिया अन्तिम चरणमा रहेको छ । गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन, स्वास्थ्य संस्थाको व्यवस्थापन, औषधि खरिद, स्वास्थ्य शिविर, पोषण कार्यक्रम, मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य प्रवर्द्धन, क्षयरोग नियन्त्रण तथा आकस्मिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर बजेट परिचालन गरेको हो ।

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, छपाइ, स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगीका लागि झोला खरिद, स्वास्थ्य शिविर सञ्चालन, कार्यालय सामग्री खरिद तथा औषधि खरिद लगायतका कार्यक्रम सञ्चालन गरिएका छन् । त्यस्तै प्रयोगशालाको सेवा सुदृढ बनाउन ल्याब सामग्री खरिद कार्यक्रमसमेत सम्पन्न गरिएको छ ।

त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई पोशाक तथा यातायात भत्ता, स्वास्थ्यकर्मीलाई इम्प्लान्ट सम्बन्धी तालिम, मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी जनचेतना, पोषण कार्यक्रम, क्षयरोग कार्यक्रम तथा आधारभूत एवं आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिद कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रममध्ये छपाइ, स्वास्थ्यकर्मीका लागि झोला खरिद, औषधि खरिद, ल्याब सामग्री खरिद, इम्प्लान्ट तालिम, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना तथा आधारभूत स्वास्थ्य सेवाका लागि औषधि खरिदलगायतका कार्यक्रम सम्पन्न भइसकेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन, स्वास्थ्य शिविर सञ्चालन, मातृ तथा नवजात शिशु स्वास्थ्य, पोषण कार्यक्रम, क्षयरोग कार्यक्रम तथा पोशाक-यातायात भत्ताको भुक्तानी प्रक्रिया भने अन्तिम चरणमा रहेको स्वास्थ्य शाखा प्रमुख राईले जानकारी दिए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका यी कार्यक्रमले स्वास्थ्य संस्थामा सेवा प्रवाह सुधार, आवश्यक औषधिको उपलब्धता, सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य, पोषण सुधार तथा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

स्वास्थ्य शाखाका अनुसार आगामी आर्थिक वर्षमा पनि गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति विकास, आधुनिक स्वास्थ्य सामग्री व्यवस्थापन तथा गाउँपालिकाभित्रका सबै नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार