फाकफोकथुम गाउँपालिका वडा नं. ६ बाट २०८२/०८३ मा सञ्चालित योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन

  नयाँ बुलन्द
28 Shares

परिचय

कोशी प्रदेशको सुन्दर जिल्ला इलामको पश्चिम भुभागमा रहेको पहाडकी रानी,नगदे वालीको खानी उपनामले परिचित फाकफोकथुम गाउँपालिकामा रहेका ७ वटा वडाहरु मध्येको एक वडा यो वडा नं.६ हो । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण यस फाकफोकथुम गाउँपालिकाको पुर्व क्षेत्रमा यो ६ नं. वडा अवस्थित रहेको छ । संघीय संरचनाको निर्माण हुने क्रममा साबिक एकतप्पा गा.वि.स. वडा नं.१,२,३,४ त्यसैगरि चमैता गा.वि.स वडा नं.९ मिलेर फाकफोकथुम गाउँपलिका वडा नं. ६ निर्माण भएको हो । यस वडा नं. ६ को क्षेत्रफल १०.९७ वर्ग कि.मि रघरधुरि सर्बेक्षण २०७६ अनुसार जनसंख्या २७९६ जना रहेको जसमा पुरुष १४७७ र महिला १३१९  रहेको छ । यस वडाको पूर्वमा देउमाई नगरपालीका वडा नं.१,पश्चिममा फाकफोकथुम गाउँपालिकाको वडा नं.२,उत्तरमा फाल्गुनन्द गाउँपालिका र दक्षिणमा फाकफोकथुम गाउँपालिका ७ रहेको छ ।  फाकफोकथुम गाउँपालिकाको वडा नं.६ पहाडी क्षेत्रमा अवस्थित छ ।यस वडाको सम्पुर्ण क्षेत्र पहाडी रहेको छ । यहाँका अधिकांश बासिन्दा कृषि कार्यमा संलग्न रहेका छन् । यस वडाका मुख्य उत्पादन धान, मकै ,कोदो तथा दुध जन्य उत्पादन अन्तरगत दुध, छुर्पी पनिर, घिउ, तथा मासु जन्य उत्पादनमा खसी बाख्रा, हाँस कुखुरा ,बंगुर तथा निर्यात मा गाई गोरु लगायत छन फाकफोकथुम गाउँपालिका वडा नं.६ निवासी अधिकांश मानिसहरुको जिवनस्तर मध्यम रहेको छ । विकासशील अवस्थामा रहेको वडा नं.६ विकासको शिलशिलामा फड्को मरिरहेको अवस्थामा छ । फाकफोकथुम गाउँपालिका वडा नं.६मा धापसिम सिमसार,बागमति सिमसार,तिनचुले,भ्यागुत्ते क्षेत्र जस्ता अथाहा पर्यटकीय सम्भावना बोकेका स्थानहरु रहेका छन् , जसले फाकफोकथुम गाउँपालिका वडा नं.६ को  समग्र पर्यटनालाई नैबिकास र प्रबर्द्धन गर्न सक्ने देखिन्छ ।

सेवा प्रवाह :

फाकफोकथुम गाउँपालिका वडा नं. ६ को सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन निम्नानुसारको व्यवस्था गरिएको छ –

  • सेवाग्राहीको हितलाई मध्यनजर गर्दै विभेद रहित सेवा प्रवाहको व्यवस्था मिलाईएको,
  • पहिले आउनेलाई पहिले सेवा प्रवाह गर्ने गरिएको छ,
  • व्याक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा लाई कम्प्युटरमा आधारित अनलाईन प्रणालीबाट सञ्चालन गरिएको,
  • योजना सम्झौतासँग सम्बन्धित अघिकाम्श काम वडा कार्यालय वाट गर्ने गरिएको,
  • सेवाग्राहीलाई सेवा लिदा आवश्यक पर्ने सम्पूर्ण कागजातका फोटोकपी र योजनासँग सम्बन्धित कागजातका फोटोकपी वडा कार्यायलबाट नै गरिदिने व्यवस्था रहेको ।
  • कामको शिलशिलामा जिल्ला सदरमुकाम इलाम पुगेर अन्य प्रमाणित कागजान आवश्यक परेका सेवाग्राहीलाई वडाबाट विद्युतीय मेलको माध्यमबाट कागजात पठाइ सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सरल बनाइने गरिएको ।
  • उपभोक्ता समितहरु गठन गर्दा वडा समितिले निर्णय गरेर मिति, समय र स्थान कम्तिमा ५ दिन अगाबै र कार्यलय तथा सामाजिक सञ्जाल मार्फत सूचना सम्प्रेषण गरL गठन गर्ने गरिएको छ ।
  • सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर वडाका चार स्थानहरु गर्ने गरिए को।
  • सामाजिक सुरक्षा भत्ता प्रबिधि मार्फत बैक बाट नै वितरण गर्ने गरिएको ।
  • सम्पूर्ण योजनाको कामको प्रत्यक्ष निगरानी प्राविधिक र जनप्रतिनिधि बाट हुने र भुक्तानी हुनु अगावै वडाका प्रतिनिधिहरुबाट र पांच लाख भन्दा माथिका योजनाहरु अनुगमन समितिका संयोजक गाउँपालिकाको उपाध्यक्ष सहितको टोलीबाट अनिवार्य अनुगमन गरेर मात्रै भुक्तानीको सिफारिस दिने गरिएको ।
  • समय समयमा गाउँ गाउँमा गएर घुम्ति शिविर मार्फत घटना दर्ताको सुचना संकलन , स्वास्थ्य परिक्षण गरि औषधी वितरण , पशुको औषधि वितरण गरिएको ।
  • पशुको विभिन्न रोगहरु जस्तै लम्पी स्किन,खोरेत,पि.पि,आर र रेविज रोग विरुद्ध खोप सञ्चालनमा रहेको .
  • नगदि रसिद र मालपोत रसिद अनलाइन प्रबिधि मार्फपा हुने गरेको ।
  • विभिन्न रोगको मानव स्वस्थ्य सिबिर संचालन गरिएको

यस वर्षमा  देखिएका हालसम्म भएको कार्य प्रगतिहरु

  • अल वेदर गाउँपालिका तथा जिल्ला सदरमुकाम सवारी आवागमन गर्न सकीने स्थिति बनाउने प्रयास भइरहेको ,
  • महामारी जन्य रोग रोगथामका लागी गरिएको पशु भ्याक्सिन कार्यक्रम,
  • काबेलि कोरिडोर द्वारा बिधुत बिस्तार अन्तर्गत ३ वटा ट्रान्स फर्मर को काम भइरहेको र एल टि पोल ४०० थान र कालो तार को व्यवस्था मिलाई काम बिस्तार भईरहेको अवस्थामा छ ।
  • मकैमा लाग्ने किराको लागि निसुल्क औसधि वितरण गर्ने गरिपको ।
  • कमेरे वडा कार्यालय सडकमा ग्रबेल लुगाई लोडर र ग्रेडर ले थिच्ने काम भएको ।
  • शिबिर संचालन भइ त्यस बाट जेष्ठ नागरिक परिचय पत्र,अपाङ्ग परिचय पत्र,पशु औसधी बितरण,योजना सम्झौता आदी काम भएको ।
  • सामाजिक सुरक्षा भत्ता को बायोमेट्रिक को काम भएको ।
  • पोखरि सामुदायीक श्वास्थिय ईकइको नया भवन सम्पन्न भई नया भवन वाट सेवा प्रबाह भईरहेको छ ।
  • कृषि बिकाश कार्यक्रय अन्तर्गत ४३ वटा स्प्रे ट्यांकि बितरण भएको
  • आवश्यक्ता अनुसार एम्बुलेन्स सेवा प्रधान गरिरहेको छ ।
  • पशु बिकाश कार्यक्रय अन्तर्गत ८ वटा गोठ र ५ वटा खोर निर्माण भएको
  • कार्यालय व्यवस्थापन को बजेट वाट वडा कार्यालयको खानपानि ट्यांकि र धारा व्यवस्थापन गरिएको ।
  • सुकुम्बासी १६ धुरि को लागि घार निर्माणको प्रक्रियामा रहेको ।
  • बादर नियन्त्रण का लागि ११ वटा खोर निर्माण गरिएको ।
  • सहायता संस्थाले साझेदारीमा फलाटे बजारमा २ वटा ट्यांकि र २४ वटा ५०० लिटरको हिलटेङ्क बितरण गरेको ।
  • खानेपानी योजना अन्तर्गत ६ वटा योजना संचालन भईरहेको ।
  • यस वडा भित्र यस आ.व मा १४५० मिटर सोलिङ र ५२०० मिटर ग्रबेल भएको ।
  • महिला संजाल भवन फिनिसिङ्ग भई उद्घाटन गरिएको ।
  • वडा नं.६ मा २ जना उधमि हरु मन बहादुर थापा र तारा खनाल शीर्ष १० मा प्रबेस गरि पहिलो चरणमा २५०००। का दरले साझेदारी मा काम गरेको र दास्रो चरणमा १०००००। का दरले साझेदारी मा काम गरेको र २ पटक तलिमका लागि बिराटनगर जानुभएको ।

 यस वडामा रहेका अधुरा कामहरु ।

१.पाथीभरा मन्दिर देउरालि ।

२.सब डिबिजन बन कार्यालयको देउराली

३.भिमसेन मन्दिर भजन कृतन हल ।

४.वडा कार्यालय-सिडि व्यवस्थापन,सिडि रेलिंङर र वाल व्यवस्थापन

राजश्व आम्दानी विवरण( २०८२/०४/०१ देखी २०८३/०३/२८) सम्म)

वडा नं. ६

क्र.सं. शीर्षक जम्मा
१. नगदी रसिदबाट आम्दानी ३,९९,४३१.५४।-
२. मालपोतबाट आम्दानी १,१६,९२७.२७।-
जम्मा ५,१६,३५८.८१।-

 व्यक्तिगत घटना दर्ता विवरण(२०८२/०४/०१ देखी २०८३/०२/२८ सम्म) को विवरण

 वडा नं. ६                                             

क्र.सं.  व्यक्तिगत घटना पुरुष महिला जम्मा
१. जन्मदर्ता १८ जना १७ जना ३५ जना
२. मृत्यु दर्ता ७ जना २ जना ९ जना
३. विवा दर्ता २४ जोडी
४. सम्बन्ध विच्छेद दर्ता ५ जोडी
५. बसाईँसराई आएको परिवार संख्या  ३ परिवार १० जना परिवार संख्या
६. बसाईँसराई गएको परिवार संख्या ७ परिवार १९ जना परिवार संख्या

 सामाजिक सुरक्षा भत्ता सम्बन्धमा (२०८२/०४/०१ देखी २०८३/०२/२८) सम्मको विवरण

क्र.स. लाभग्राही विवरण जना
जेष्ठ नागरीक १६८ जना
अन्य दलित जेष्ठ नागरिक १७ जना
एकल महिला १५ जना
विधवा महिला १६ जना
पूर्ण अपाङ्गता भएका ६ जना
अति अशक्त अपाङ्गता भएका २० जना
बालबालिका पोषण १४ जना
जम्मा २५६ जना
  • पत्र संख्या – २७८ वटा
  • उजुरी ५ वटा परेको जसमा २ वटा फर्छ्यौट भएको

 वडाबाट भएका सिफारिस(२०८२/०४/०१ देखी २०८३/०२/२८ गते सम्म) को विवरण

क्र.सं. शीर्षक संख्या
नयाँ नागरिकता सिफारिस ५६ वटा
चारकिल्ला सिफारिस १३
घरबाटो सिपारिस ४१
गा.पा. पठाइएको सिफारिस १०७
रुख कटानी सिफरिस
योजना सम्झौता सिफारिस ३०
योजना सम्पन्न सिफारिस १३
बैक खाता खोल्ने सिफारिस २५
नाता प्रमाणित सिफारिस २७
१० अङग्रेजी भाषाको सिफारिस ३९
११ अन्य सिफारिस २५८
जम्मा सिफारिस ६१४

 

प्रधानमन्त्री रोजगार अन्तर्गत

नाम रकम रु लाखमा योजना सञ्चालित स्थान
प्रधानमन्त्री रोजगार कार्यक्रम ४,६६,०००।–

गा.पा. साझेदारी रकम रु. २००,०००।-

फाकफोकथुम गा.पा. वडा नं. ६ को  सिमसारा, मेतालुङ, हाङ्माचुली र बाग्मती टोल गरी ४ टोलमा ५०/५० मि. गरी जम्मा २०० मि सोलिङ भएको

 वडा सिलिङबाट बिनियोजित योजना आर्थिक विकास अन्तर्गत

क्र.सं. योजनाको नाम विनियोजित रकम
कृषि प्रवर्द्धन (स्प्रे ट्याङ्की वितरण ) १००,०००।-
पशु प्रवर्द्धन ( गोठ खोर )  ३,५०,०००।-

                            

क्र.स. योजनाको नाम बजेट अवस्था कैफियत
महिला सिपमुलक तालिम १,००,०००।- भक्तानीको प्रक्रियामा वडा सिलिङ अन्तर्गत
जनजाती लक्षित सीपमुलक कार्यक्रम १,००,०००।- भक्तानी भएको वडा सिलिङ अन्तर्गत
दलित लक्षित सिपमुलक कार्यक्रम ५०,०००।- वडा सिलिङ अन्तर्गत
अपांग लक्षित सिपमुलक कार्यक्रम ५०,०००।- भक्तानी भएको वडा सिलिङ अन्तर्गत
कृषि प्रवर्धन कार्यक्रम १,००,०००।- कार्यक्रम सम्पन्न भई भक्तानीको प्रक्रियामा वडा सिलिङ अन्तर्गत
पशु प्रवर्धन कार्यक्रम ३,५०,०००।- काम भईरहेको वडा सिलिङ अन्तर्गत
गंगाराम द्वारकाटे भण्डारी कागे सडक स्तरोन्नती १,००,०००।- काम भईरहेको वडा सिलिङ अन्तर्गत
ग्यारेज याङ्मा सुर्य गोलाई सडक स्तरोन्नती १,५०,०००।- भुक्तानीको प्रक्रियामा वडा सिलिङ अन्तर्गत
एक घर एक धारा मेतालुङ्ग १,००,०००।- काम भईरहेको वडा सिलिङ अन्तर्गत
१० कृष्ण गोलाई भलायो गैरी सडक स्तरयोन्नती १,००,०००।- भुक्तानीको प्रक्रियामा वडा सिलिङ अन्तर्गत
११ बागमति सिमसारा पर्यटन क्षेत्र सरसफाई १,००,०००।- काम भईरहेको वडा सिलिङ अन्तर्गत
१२ क्लिनिक रङ्गरोगन १,००,०००।- भुक्तानीको प्रक्रियामा वडा सिलिङ अन्तर्गत
१३ चुच्चे याङ्आ एक्ले भञ्ज्याङ लिम्बु गाउँ सडक स्तरोन्नती १,५०,०००।- भुक्तानीको प्रक्रियामा वडा सिलिङ अन्तर्गत
१४ माङ्खिम शौचालय १,००,०००।- काम भईरहेको वडा सिलिङ अन्तर्गत
१५ क्लिनिक प्रसाद अमृत सडक स्तरोन्नती २,००,०००।- काम भईरहेको वडा सिलिङ अन्तर्गत
१६ वडा नं. ६ को मनकामना रीगालो गाउँ ५,००,०००।- काम भईरहेको पालिका स्तरीय योजान
१७ साझा भवन मेतालुङ २,००,०००।- योजना सम्झौता पालिका स्तरीय योजान
१८ तिलपुङ आ.वि. सिमसारा भवन मर्मत ५,००,०००।- भक्तानी भईसकेको पालिका स्तरीय योजान
१९ फँलाटे माङ्खिम संरक्षण २,००,०००।- काम भईरहेको पालिका स्तरीय योजान
२० जनजाती भवन फिनिसिङ वडा नं. ६ ३,५०,०००।- भक्तानीको प्रक्रियामा पालिका स्तरीय योजान
२१ मेतालुङ पुच्छर सडक मर्मत २,५०,०००।- काम भइरहेको पालिका स्तरीय योजना
२२ खालिङ् खेत कलभट निर्माण ९,००,०००।- भक्तानीको प्रक्रियामा पालिका स्तरीय योजना
२३ थोकफेला आ.वि. ठेस वाल निर्माण ३,००,०००।- भुक्तानीको प्रक्रियामा पालिका स्तरीय योजना
२४ जानकी मा.वि. छानो र वाल निर्माण काम भइरहेको पालिका स्तरीय योजना
२५ तिलपुङ आ.वि. सिमसारा भवन रङरोकन २,००,०००।- काम भइरहेको पालिका स्तरीय योजना
 २६ माङ्खिम भवन रङरोकन २,००,०००।- काम भइरहेको पालिका स्तरीय योजना
२७ अलैची पकेट कार्यक्रम क्रमागत काम भइरहेको गा.पा. साझेदारी
 २८ तोरी खेती प्रवर्द्धन कार्यक्रम १०,००,०००।- भुक्तानीको प्रक्रियामा प्रदेश सरकार
 २९ जानकी मा.वि सिढि निर्माण फाकफोकथुम ६ ईलाम ५,००,०००।-  काम भइरहेको  प्रदेश सरकार
 ३०  फँलाटे, तिलपुङ, मेतालुङ्ग वडा कार्यालय सडक २५,००,०००।-  भक्तानीको प्रक्रियामा  प्रदेश सरकार
३१ फलाटे मा.वि. खेलमैदान स्तरोन्नती ५,००,०००।- प्रदेश सरकार

 खेलकुद कार्यक्रमतर्फ

क्र.स. कार्यक्रमको नाम विनियोजित रकम
खेलकुद      १००,०००।-

 सामाजिक विकास, संस्थागत र सुशासनतर्फ सञ्चालन भएको योजना

१.महिला लक्षित आयआर्जनमुलक कार्यक्रम रकम रु १,००,०००।–

– कार्यक्रमः महिला उद्घोषण कार्यक्रम र महिला भनव उद्घाटन

२. जनजाती लक्षित आयआर्जनमूलक कार्यक्रम रकम रु. १,००,०००।–

– मुडे र पराले च्याउ खेती तालिम

३. अपाङ्गता लक्षित आयआर्जनमूलक कार्यक्रम रकम रु. ५०,०००।–

– पराले च्याउ खेती तालिम

४. दलिक लक्षित आयआर्जनमूलक कार्यक्रम रकम रु. ५०,०००।–

५.  प्रहरी चौकी इन्धन व्यवस्थापन रु .३०,०००।-=

६. सामुदायिक स्वास्थ्य ईकाइ व्यवस्थापन रु. २०,०००।–

७. वडा कार्यालय व्यवस्थापन रु. ३१,०००।–

८. सामुदायिक तथा संस्थागत विद्यालय र चर्च व्यवस्थापन रु. २,३०,०००।–

९. विद्युत व्यवस्थान- रु. १,००,०००।–

सुशासन-

यस फाकफोकथुम गाउँपालिका वडा नं. ६ बाट प्रवाह हुने सेवा प्रवाहलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरुप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई सुखद अनुभूति दिलाpने प्रयास नै यस वडा नं. ६ मा भएको सुशासनको थालनी हो । यस वडा नं. ६ मा सुशासनलाई प्रवर्द्धन गर्न गरिएका प्रयासहरुलाई निम्नानुसार उल्लेख गरिएको छ –

  • जनशहभागिता मूलक शासन व्यवस्थाको अभ्यास,
  • नागरिक वडा पत्रको व्यवस्था,
  • सूचना पाटी मार्फत सूचना सम्प्रेषणको व्यवस्था,
  • वडाको सूचना, सेवा प्रवाहको विषयमा सामाजिक सञ्जाल मार्फत सूचना प्रचारप्रसार गर्नेगरिएको ,
  • जनउत्तरदायी सरकार सञ्चालनको प्रयास गरिएको,
  • जवाफदेही शासन सञ्चालनको प्रयास भएको ।

(नोट: २०८३ असार १ गते वडामा सञ्चालित सार्वजनिक सुनुवाइमा प्रस्तुत गरिएको प्रतिवेदन)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार