रास्वपा इलाम सभापतिमा महत निर्वाचित

  नयाँ बुलन्द
707 Shares

इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलामको सभापतिमा दिनेश महत निर्वाचित भएका छन् ।  आइतबार इलाम सदरमुकाममा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट महत सभापतिमा निर्वाचित भएका हुन् ।

उपसभापतिमा मिङ्मा शेर्पा, सचिवमा ताराप्रसाद आचार्य, सहसचिवमा धनकुमार कार्की (अनिस) र कोषाध्यक्षमा कल्पना न्यौपाने निर्वाचित भएका छन् ।

सदस्यहरूमा मुकेश राई, सबिता दास, प्रकाश बोहरा र दिपेन देवान निर्वाचित भएका छन् ।

त्यस्तै, क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा दिनेश निरौला तथा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा खगेन्द्र चापागाईं निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार