संस्थापक अध्यक्ष  कट्वालको स्मृतिमा निर्माण गरिएको विद्यालयको प्रवेशद्वार उद्घाटन

  नयाँ बुलन्द
231 Shares

इलाम : इलाम नगरपालिका-१२ स्थित रत्नलक्ष्मी आधारभूत विद्यालयको नवनिर्मित प्रवेशद्वारको बिहीबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको छ । विद्यालयका संस्थापक अध्यक्ष समाजसेवी स्वर्गीय गम्भिरबहादुर कटुवालको स्मृतिमा उनकै परिवारजन सरोज कटुवालको पहलमा निर्माण सम्पन्न प्रवेशद्वार आमा पवित्रादेवी कटुवालको हस्तबाट उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार लिम्बूको सभापतित्व तथा वडा अध्यक्ष लाखमान लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वर्गीय कटुवालकी पत्नी पवित्रादेवी कटुवाल,  वडा सदस्य नेत्रघी, पूर्वअध्यक्ष यामबहादुर कटुवाल, अक्षयकोष अध्यक्ष भरतकुमार घिमिरे, समाजसेवीहरू दीपकिशोर लिङदम, गम्भिरजङ्ग कटुवाल, डीवि लिम्बू, होम रिजाल, घनश्याम पौडेल लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी साङ्गरुम्बा माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष योग्यकुमार खत्री, प्रधानाध्यापक लेखराज कटुवाल, संगिता कटुवाल, उर्मिला कटुवाल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयमा हालै सरुवा भई आएका तथा नयाँ नियुक्त शिक्षकहरू गंगादेवी अधिकारी, विश्वरानी एक्तेन, यामुना कठेत, नीरकुमार खतिवडा, अलका खनाल, दिलकुमार नेम्वाङ र हर्कमान फेजुङलाई स्वागत गरिएको थियो ।

यसै अवसरमा २०८१ सालको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल छात्रा जेनिशा प्रसाईलाई प्रोत्साहनस्वरूप नगद ५ हजार पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार लिम्बूद्वारा हस्तान्तरण गरिएको प्रधानाध्यापक उमाकान्त भट्टराले जानकारी दिए ।

विद्यालय परिवारले प्रवेशद्वार निर्माणमा सहयोग गर्ने दाताप्रति आभार व्यक्त गर्दै स्वर्गीय गम्भिरबहादुर कटुवालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक तीलबहादुर लिङ्दमले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार