
लगभग महिनाअघिको कुरो हो । त्यो वेला नक्कली फेसबुक आईडी बनाएर सामाजिक सञ्जालमार्पmत गीतेन्द्रबहादुर (जीबी) राईको हत्या भई सकेको (मरिसकेको) भन्दै, जीबी राई हत्या सम्बन्धमा छानबिन होस् भन्दै नेपाल प्रहरीको वेबसाईटमा भिडियो राखिएको थियो । स्मरणीण छ, जीबी राई हाल फरार छन् । उनी मलेसियामा रहेको समाचारमा जनाईएको छ । त्यसरी नेपाल प्रहरीको वेबसाईटमै भिडियो आएपछि नेपाल प्रहरीले तदारुकता साथ छानबिन गर्यो । नेपाल प्रहरीले छानबिन गर्दाखेरि सो भिडियो नक्कली नाम (फेक आईडी बनाएर) मा डिल्लीराम खनालले पठाएको पुष्टि भएको थियो । त्यसपछि उनलाई तत्कालै नेपाल प्रहरीले पक्राउ गर्यो । हुनत डिल्लीराम खनालले जहिल्यै (थाहा भएअनुसार यस्तो प्रचारका लागि केही रकम खर्च लाग्छ भनेर पैसौ माग्छन् अरे ! त्यसपछि भाईरलवाला, यु ट्युब च्यानलका पत्रकारहरुलाई धेरथोर पैसा दिएर आप्mनो अन्तर्वार्ता दिँदै हिँड्छन् भन्ने केही मानिसहरुको भनाइ रहेको छ । हुन पनि डिल्लीराम खनालले सँधै जसो उट्पयाङ् र अन्टसन्ट कुरोहरु बोल्ने गरेका छ्न्, गरेका थिए ।
हो, त्यस्तै साईबर अपराधकै गएको मंसिर ५ गते अभियन्ता भनिने र मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँलाई पुनः नेपाल (जनपद) प्रहरीले पक्राउ गरेर जेलमा राखेको छ । स्मरणी छ, प्रसाईँलाई सामाजिक सञ्जालबाट सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यूका विरुद्ध अफवाह फैलाएको आरोपमा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको हो । हुन पनि यसअघि प्रसाईँलाई एक जना महिलाले सामाजिक सञ्जालमा आप्mनो चरित्र हत्या हुने गरी बोलेको भन्दै ‘साईबर अपराध’ अन्तर्गत कारबाही गरी पाऊँ भनी ती महिलाले नेपाल प्रहरीमा उजुरी गरेपछि नेपाल प्रहरीले प्रसाईँलाई असोज ६ गते पक्राउ गरेर केही दिन थुनामा राखेको थियो ।
त्यसैले गर्दा यो पङ्तिकारकाले सामाजिक सञ्जालहरु जस्तो कि फेसबुक, भाइबर, मेसेन्जर, ह्वाटस् एप, ईमो, इन्स्टाग्राम, ट्वीटर (एक्स), टिकटक, वी च्याट, ब्लग, यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिका) लगायत सामाजिक सन्जाल खोल्दा त्यसरी कुनै पनि सामाजिक सञ्जाल खोल्दा लामो समयदेखि जुन नक्कली नाममा र, आप्mनो फोटा नराखिकन कमलको फुल, चरा, नदी, बाघ, माछा, रुख, पहाड, सर्प, सिंह आदि राखेर फेसबुक आईडी बनाएर सामाजिक सञ्जाल खोल्ने गर्छन्, त्यो तरिकाले सामाजिक सञ्जाल खोलनै नपाउने व्यवस्था गरौं भनी विगत लामो समयदेखि वकालत गर्दै, बोल्दै आएको हो । किनभने धेरै जसोले जताभावी भनाभन गर्ने, गालीगलौज गर्ने, अपराधका कामहरु गर्ने, ठगीहरु गर्ने काम चाहिँ ‘फेसबुक, भाइबर, मेसेन्जर, ह्वाटस् एप, ईमो, इन्स्टाग्राम, ट्वीटर (एक्स), टिकटक, वी च्याट, लगायत सामासजक सञ्जाल’मार्फत हुने गरेको देखिन्छ । त्यसैले फेसबुक, भाइबर, मेसेन्जर, ह्वाटस् एप, ईमो, इन्स्टाग्राम, ट्वीटर (एक्स), टिकटक, वी च्याट, ब्लग, यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिका) लगायत सामाजिक सन्जाल खोल्दा त्यसरी कुनै पनि सामाजिक सञ्जाल खोल्दा लामो समयदेखि जुन नक्कली नाममा र, आप्mनो फोटा हरु मार्पmत अनेकौं ठगी गर्ने र अरुको इमान इज्जतमाथि खेलबाड गर्नेहरुले केही सबक सिक्लान् कि ?
विसं २०७७ माघ २७ मा तत्कालीन सरकारको मन्त्रीपरिषदको पूणर् बैठकले ‘सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७’ ल्याउने निणर्य गरेको थियो । सो निर्देशिका सायद निकट भविश्यमै लागू हुँदैछ कि ? पङ्तिकारलाई चाहि थाहा भएको छैन । किनभने हालसम्म ‘सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७’ बारेमा कहीँ कतै, केही चाईँचुईँ छैन । वास्तवमा वर्तमान सरकारले पनि सोही निर्देशिकामा थप व्यवस्था गरेर सो निर्देशिका तत्कालै व्यवहारिक रुपमै कार्यन्ययनमा ल्याए हुन्थ्यो । जुन सामाजिक सञ्जाल निर्देशिकाले फेसबुक, ईमो, भाइबर, मेसेन्जर, ह्वाटस् एप, इन्स्टाग्राम, ट्वीटर (एक्स), टिकटक, वी च्याट, ब्लग, यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल (डिजिटल पत्रका) लगायत सामाजिक सन्जाल खोल्दा त्यसरी कुनै पनि सामाजिक सञ्जालको एकाउन्ट खोल्न चाहने व्यक्तिले आप्mनो नागरिकता नम्बर अनिवार्य राख्नैपर्ने, विदेशमा हुने नेपालीहरुले समाजिक सञ्जाल खोलेमा आप्mनो पासपोर्ट नम्बर अनिवार्य रुपमा राख्नैपर्ने, नागरिकता नभएको (नावालक) व्यक्तिले जन्म दर्ता नम्बर राख्ने, आप्mनो सक्कली फोटा अनिवार्य रुपमा राख्नैपर्ने, औंठाको चक्र (फिंगर प्रिन्ट) अनिवार्य राख्नैपर्ने, अन्यथा कुनै पनि समाजिक सञ्जालहरुको एकाउन्ट नै नखुल्ने वा एक्टिभ नहुने व्यस्था गर्नुपर्ने देखिन्छ ।
नेपाल सरकारले अहिलेसम्म नेपालमा सञ्चालित सामाजिक जस्तै फेसबुक, ईमो, भाइबर, मेसेन्जर, ह्वाटस् एप, इन्स्टाग्राम, ट्वीटर (एक्स), टिकटक, वी च्याट, ब्लग, यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल (डिजिटल पत्रका) लगायतलाई लक्षित गरेर ‘ऐन, कानुन, नियम, विनियम, निर्देशिका, कार्यादेश, निर्देशिका, दफा, उपदफा आदिको व्यवस्था नगरेकैले होला, नियत खोटा भएका, बांगिएका केही व्यक्तिहरुले एकै व्यक्तिले अनेक नक्कली नाममा दर्जनौ सामाजिक सञ्जालहरु फेसबुक, ईमो, भाइबर, मेसेन्जर, ह्वाटस् एप, इन्स्टाग्राम, ट्वीटर (एक्स), टिकटक, वी च्याट, ब्लग, यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल (डिजिटल पत्रका) लगायत फेसबुक, भाइबर, ह्वाटस् एप, इन्स्टाग्राम, मेसेन्जर, ट्वीटर, ब्लग आदि खोलेर आपूmलाई मन नपरेको व्यक्ति, संस्था, राजनीतिक दल, राजनीतिक दलका नेता, राष्ट्र प्रमुख, राज्य प्रमुख समेतलाई तथानाम गाली गर्ने, जताभावी भन्ने, कुनै व्यक्ति विशेषलाई लक्षित गरेर जे पायो त्यही (जेपीटी) फोटा/चित्र बनाएर पोष्ट गर्ने/राख्ने आदि कामहरु गरी रहेका छन् ।
साथै नेपाल सरकारले सामाजिक सञ्जालका साथै यु ट्युब च्यानल र अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिका) लाई अनिवार्य दर्ता गर्ने, सञ्चालक, प्रधान सम्पादक सम्पादकलगायत टिममा रहेका सबै सदस्य वा भनौं कर्मचारीहरुको पनि परिचय र फोटा, मोबाइल वा सम्पर्क फोन नम्बर राख्नैपर्ने, सूचना तथा प्रसारण विभाग दर्ता नम्बर, आप्mनो कार्यलय रहेको ठेगाना र साइन बोर्ड सार्वजनिक रुपमा सबैले देख्ने गरी राख्नैपर्ने, आप्mनो यु ट्युब च्यानल र अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिकामा समाचार छाप्दा/प्रसारण गर्दा खासगरी अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिका) मा लेख छाप्दा/लेख प्रकाशित गर्दा लेख्ने मान्छेले जेसुकै नाममा लेखे पनि, जेसुकै लेखे पनि लेखकको परिचय, सक्कली फोटा, इमेल एवम् सम्पर्क नम्बर राख्नैपर्ने व्यवस्था पनि गर्नुपर्ने देखिन्छ ।
अर्थात् निचोडमा भन्नु पर्दा ‘सामाजिक सञ्जाल निर्देशिका- २०७७’ ले फेसबुक, भाइबर, ईमो, मेसेन्जर, ह्वाटस् एप, इन्स्टाग्राम, ट्वीटर (एक्स), टिकटक, वी च्याट, ब्लग, यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल (डिजिटल पत्रका) लगायत सामाजिक सन्जालहरु खोल्दा त्यसरी कुनै पनि सामाजिक सञ्जाल खोल्न चाहने व्यक्तिको एकाउन्ट खोल्दा सो व्यक्तिले आप्mनो नागरिकता नम्बर अनिवार्य राख्नैपर्ने, विदेशमा हुने नेपालीहरुले समाजिक सञ्जाल खोलेमा आप्mनो पासपोर्ट नम्बर अनिवार्य रुपमा राख्नैपर्ने, नागरिकता नभएको (नावालक) व्यक्तिले जन्म दर्ता नम्बर राख्ने, आप्mनो सक्कली फोटा अनिवार्य रुपमा राख्नैपर्ने, औंठाको चक्र (फिंगर प्रिन्ट) अनिवार्य राख्नैपर्ने, अन्यथा कुनै पनि समाजिक सञ्जालहरुको एकाउन्ट नै नखुल्ने वा एक्टिभ नहुने व्यस्था गरेमा पर्ने देखिन्छ । त्यसो गर्न सकेमा मनसाय ठिक नभएका ठग मानसिकताले सामाजिक सञ्जालमार्फत जताभावी भनाभन गर्ने, गालीगलौज गर्ने, अपराधका कामहरु गर्ने, ठगीहरु गर्ने काम निमिट्यान्न नै नभए तापनि धेरै हदसम्म कम हुने अनुमान गर्न सकिन्छ ।














































