तेह्रथुम, जेठ
बहु प्रतिभाका धनि गायक समिर सिंगक र सुमधुर स्वरकी धनी गायिका सीता सिंगकले कोरोना सन्त्रासको बेला संगित पारखिहरुका लागि ‘सिम्रापुल तरी’ बोलको गित श्रोता सामु ल्याएका छन् । आफ्नो जन्म जिल्ला तेह्रथुम र मायालुको गाउँ पाचथरको केहिभागलाई सप्रेम व्याख्या गरेर गितकार राम सिङ्गक द्वारा लेखित शब्दलाई गित तयार गरेर समिर र सिताले संगीत बजारमा यो गित ल्याएका हुन् ।
प्रशिद्ध एरेञ्जर राजु कार्कीको एरेञ्ज रहेको यो गितमा गायक आफैले संगित भरेका हुन् । माया र प्रितीको भावलाई रोमाञ्चक ढंगले व्यक्त गरिएको लोक भाकाको गित युमा आर्ट्स बाट सार्वजनिक गरिएको छ ।
महामारीको समयमा सुरक्षीत भै घरैमा रहन सम्पुर्ण लाई आग्रह गर्दै गायक समिरले न्यास्रो लागेको समयमा आफुहरुको यो नयाँ लोकभाकाको गितले आनन्द दिने बिश्वास गरेका छन् ।
भिडियो यता,
















































