
प्याङ : इलामको माइजोगमाई गाउँपालिकाको प्याङमा फागुन २० देखि सुरु भएको महाशिवरात्री गोल्डकपमा सोममबार ५ टिम क्वार्टर फाइनलमा पुगेका छन् ।
पहिलो खेलमा आयोजक प्याङ रातोले हाँगेथाम जमुना सन्दकपुरलाई वाकओभर दिएर क्वाटर फाइनल खेलमा आफ्नो स्थान सुरक्षित राखेको छ । दोश्रो खेलमा जोगमाईले रेड डेभिल्स नयाँबजारलाई ३-० गोल अन्त्तरले हराउँदै क्वाटरमा प्रवेश गरेको हो । तेस्रो खेलमा मुर्ती डाँडाले आयोजक निलोलाई १-० गोलले हराएर क्वाटरमा आफुलाई सुरक्षित राख्दा चौथो खेलमा कुवापानी एफसी रोङले प्याङ २ लाई ४-० गोल अन्तरले हराउँदै क्वाटर फाईनल खेलमा प्रवेश गरेको छ । अन्तिम खेलमा गोलधाप झापाले नबबुद्र प्याङलाई २-० गोलले हराएर क्वाटर फाइनलमा पुग्न सफल भएको छ ।
प्याङ खेलकुद विकास समितिको आयोजना र माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग र शेर्पा ड्रेटको सहप्रायोजनमा संचालित प्रतियोगिताका बिजेता टिमले नगद ८० हजार र उपविजेतालाई ४० ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै उत्कृष्ट खेलाडी उत्कृष्ट डिफेन्डर, उत्कृष्ट किपिङलाई पनि पुरस्कर रहेको खेलकुद सचिव भोगेन्द्र ढकालले जानकारी दिए । प्रतियोगिताको फाइनल आगामी विहीबार हुनेछ ।



















































