माङसेबङ : इलामको माङसेबुङ गाउँपालिका ५ मा आइतबार राहत वितरण गरिएको छ । वडाका ४ सय ६७ असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई राहत वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, वडा नम्बर ५ का अध्यक्ष नरेन्द्रकुमार राईसहित जनप्रतिनिधिहरुको उपस्थितीमा राहत वितरण गरिएको हो । उनीहरुले चालम २५ किलोग्राम, दाल ३ किलोग्राम, नुन २ पाकेट, खाने तेल २ लिटर, नुहाउने साबुन २ प्याकेट, लुगा धुने साबुन २ प्याकेट, हरियो मटर २ किलोग्राम र सोयाविन (न्युटेला) १ किलोग्राम पाएका छन् ।
राहत वितरणका क्रममा हामीले कैद गरेका १२ तस्वीर उल्लेख गरेका छौं ।











तस्वीरहरु : सुमन लावती र बालकृष्ण बस्नेत















































