माईमझुवामा फूटबल प्रतियोगिता

सन्दकपुर : विजया दशमी २०७६ को अवसरमा इलामको सन्दकपुर-२ माइमझुवामा पुरुष फुटबल तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ।

श्याम्बल माध्यमिक विद्लालयको खेलमैदानमा आउँदो असोज १३ गतेदेखि  प्रतियोगितो हुने भएको हो । छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगिताको फोइनल बिजया दशमीको दिन २१ असोजमा हुनेछ।

प्रतियोगितामा प्रथम हुने बिजेता टिमले नगद ६१ हजार रुपैयाँ र द्वितीय हुने टिमले नगद ३१ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले बताएका छन् ।

प्रतियोगिताका लागि २ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार