इलाममा नेतृत्व विकास तालिम

इलाम : दुई दिने नेतृत्व विकास तालिम इलाममा शनिबारबाट सुरु भएको छ ।

इलाम नगरपालिकाको सहयोगमा हरित नगर महिला समुह इलामले तालीमको आयोजना गरेको हो । तालीममा इलाम नगरपालिकाका १२ वटा वडाका दुई दुई जना महिला सदस्यहरु लगायत स्थानीय संघ संस्थाका प्र्रतिनिधी ३५ जनाको सहभागीता रहेको छ ।

तालीमलाई राम रिमाल, कमला शिवाकोटी, हीराकाजी घले र विनोदकुमार निरौलाले सहजीकरण गरीरहेका छन ।तालीमको उद्घाटन हरित नगर महिला समुहकी अध्यक्ष रिना घिमिरेको अध्यक्षता र इलाम नगरपालिका ८ नम्बर वडाका वडाध्यक्ष होम बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार