अध्यक्ष बिरामी परेपछि गाउँसभा स्थगित

गोबिन्द पौडेल

रोङ : इलामको रोङ गाउपालिकाको शुक्रबार हुने भनिएको गाउसभाको बैठक स्थगीत भएको छ ।

गाउपालिका अध्यक्ष सम्सेर राई अस्वस्थ भइ उपचारका लागि अस्पतारमा रहेकाले बैठक स्थगित भएको हो । बैठकमा गाउपालिकाको आगामी आर्थिक बर्ष २०७५÷७६को बजेट, नीति तथा कार्यक्रम माथी छलफलहुने कार्यसुची थियो ।

गाउपालिका अध्यक्ष राईको बिर्तामोड स्थीत कञ्चनजङघा अस्पतालमा उपचार भइरहेको अध्यक्ष राईको सहयोगी युद्धनारायण प्रधानले जानकारी दिए । स्थगित भएको गाउसभाको बैठक आगामी असार २१ गते बस्ने कार्यक्रम रहेको वडा नम्बर ३ का वडा अध्यक्ष मात्रिका बरालले बताए भाइरल ज्वरोले बिरामी परेको अध्यक्ष राइको स्वास्थ्य अवस्था सुधार रहेको गाउपालिकाको प्रबक्ता सुवास तामाङले बताए ।

पूर्व जानकारी नहुदा गाउसभाका सदस्यहरु सबै वडा बाट गाउपालिकाको मुख्य कार्यालय पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार