काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले नीलो स्टिकर पाएका ट्यांकरको पानी पिउन योग्य रहेको जनाएको छ। काठमाडौं उपत्यकामा नीलो स्टिकर पाउने जम्मा १४ वटा ट्यांकरकाे पानी मात्रै पिउनयाेग्य देखिएकाे हाे।
वर्षा याममा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्यांकरको पानी पिउन प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाे भन्दै बोर्डले स्टिकर लगाएका ट्यांकरकाे पानी मात्रै पिन आह्वान गरेको अाजकाे नयाँ पत्रिकामा खबर छ।















































