भोजपुर -भोजपुरको साल्पासिलोछो गाउँपालिकामा आमालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।साल्पा सिलिछो गाउँपालिका –२, का २० वर्षीय छोरालाई ६२ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पीडीत आमाले आफूलाई छोराले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि कुरा बाहिर आएको हो ।
छोरालाई अहिले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताए ।















































