काठमाडौँ : विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई खाता नै खोल्न नदिई जित आफ्नो पक्षमा पारेको छ । खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेर सुरु गरेको गोलको वर्षा पाँचौ गोलसम्म पुग्दा साउदीलाई निकै दबाबमा राखेर रुसका लागी पहिलो हाफको ४३ औँ मिनेटमा रुसका लागि डेनिस चेरिसेवले दोस्रो गोल गरेका थिए । उनले साउदी अरेबियाका तीन जना डिफेन्डरलाई छक्याउँदै बललाई जाली चुमाएका थिए । त्यस्तै ७१ औँ मिनेटमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका आर्तेम जुबाले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गर्दै रुसलाई ३–० को अग्रता दिलाएका थिए । त्यसपछि पनि हाभी भएको रुसले खेलको ९१ औँ मिनेटमा डेनिस चेरिसेभले चौथो र अन्तिम समयमा आएर फ्रि किक मार्फत अलेक्जेन्डर ग्लोभीनले पाँचौ गोल गर्दै आफ्नो जादुमयी खेल देखाउँदै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।
















































