इलाम ः इलाम सदरमुकामबाट मंगलबार म्याद गुज्रीएका र सडेगलेका सामाग्री नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रशाशन कार्यालय इलामको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा यस्ता सामाग्री फेलापरेपछि नियन्त्रणमा लिइएको हो । ५ वटा मासुपसल सहित करिव एक दर्जन होटल र फलफुल पसलमा अनुगमन गरिएको थियो ।
होटलबाट तयारी पेयपदार्थहरुको उपभोग्य मिति गुज्रीएको पाइएपछि नियन्त्रणमा लिइएको छ । त्यस्तै एउटा मिठाइ पसलबाट सडेगलेको अवस्थामा मिठाइ बेच्न राखिएको पाइएकाले सो समेत नियन्त्रणमा लिइएको छ ।
मिठाइ पसलमा निर्माण गरिएका मिठाइहरुमा समेत उत्पादन र उपभोग्य मिति नपाइएपछि उपभोग्य मिति राख्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय इलामका नित्यानन्द घिमिरेले जानकारी दिए ।
इलाममा सञ्चालित मासु पसलबाट समेत उपभोक्ताहरुबाट बारम्बार गुनाशो आउने गरेको छ । अनुगमनपछि मासु पसलहरुलाई समेत सुधार गर्न आग्रह गरिएको छ ।
दैनिक उपभोग्य वस्तुहरुको समेत महंगी वढेको गुनाशो आइरहेको वेलामा सो अनुगमन पछि खासै मुल्य बृद्धि भएको नपाइएको कार्यालयका घिमिरेले जानकारी दिए ।
पुन अनुगमन गर्ने र सुधार गर्न भनिएका पसलहरु नसुध्रिएको पाइएका थप कारबाहि गरिने वताइएको छ । अनुगमनमा जिल्ला प्रहरी कार्यालय इलाम, इलाम उद्योग वाणिज्य संघका पदाधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।















































