युद्धबहादुर बोहोरा
इलाम : फाकफोकथुम-१ को प्राङ्गणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
उपभोक्ता समितिका जेष्ठ अध्यक्ष कृष्णबहादुर सम्बाहाम्फे लिम्बुको अध्यक्षता तथा वडा नं. १ का सदस्य बालकृष्ण भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा आ.व. ०७४/०७५ मा गाउँपालिकाबाट उपलब्ध रु.१९ लाख ६० हजारको पिपल बोट-ज्योति आधारभुत सडक,वडापालिका मार्फत विनियोजित रु.९ लाख ८० हजारको पन्चमी-सोम्बारे सडक र रु.७ लाख ८४ हजारको पुरानो पन्चमी-तपशिघाट सडक सहित तीन योजनाको संयुक्त सुनुवाइ भएको थियो। उक्त योजनाका अध्यक्षमा क्रमशः बलिराज नेम्वाङ लिम्बू ,कृष्णबहादुर सम्बाहाम्फे लिम्बू र इन्द्रकमल तामाङ रहेका छन् भने सचिवमा टीका बोहोरा,रेसबहादुर खड्का र थिरप्रसाद भट्टराई रहेका छन्। उपभोक्ता समितिले कुल ३७ लाख २४ हजार रुपैया बराबरको कार्य सम्पन्नको आयव्याय विवरण समितिका सचिवहरुले प्रस्तुत गरेका थिए।
संचालित योजनालाई गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठको नेतृत्वमा वडा अध्यक्ष टेकवीर नेम्वाङ लगायत १३ सदस्यीय समितिले अनुगमन गरेको थियो। सडक बने संगै धानखेतिको समयमा संचालित पानीको कुलो क्षति भएपछि किसानलाई परेको समस्याको समाधान गर्न सम्बन्धित पक्षलाई समाजसेवी नारायण बोहोराले ध्यानाकर्षण गराए।
त्यस्तै, शुरु गर्न लागिएको गाउँपालिका मार्फत उपलब्ध रु. १२ लाख बजेट बराबरको विधुत योजना र रु.६ लाख बजेटको खानेपानीको पाइप वितरण योजनामा सरोकारवाला र उपभोक्ताहरुलाई सूचना नगरी समिति गठन गरिएको स्थानीय समाजसेवी टीका सम्बाहाम्फे लिम्बुले आरोप लगाए।
साविक फाकफोकका चार वटा वडाको लागि छुटेको विधुत योजना र वडा न.-१ बासीलाई आवश्यकता अनुसार पाइप वितरण गर्ने उदेश्यले छुट्याइएको योजनाको समिति पारदर्शी र समावेशी नभएको भन्दै संघीय समाजवादी,नेपाल कम्युनिष्ट पार्टी र राप्रपा नेपाल लगायतले विरोध जनाउदै समिति निर्माणमा पुनर्विचार गर्न माग गरेका थिए। नागरिकले उठाएका प्रश्नको जवाफमा प्रमुख अतिथि भट्टराईले उतर दिए।योजनाका लागि टेण्डर आव्हान गरेको तीन महिना सम्म कसैको नाम नपरेपछि वडामा बजेट आएकोले आर्थिक बर्षको अन्त्य हुन लागेकोले हतारमा समिति तय गरिएको भट्टराईले जवाफ दिदै कुनै हालतमा बजेटको दुरुपयोग हुन नदिने प्रतिबद्धता समेत जनाए।
समाजसेवी तोयानाथ भट्टराईको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकको संचालन टीका बोहोराले गरेका थिए। कार्यक्रम समाजसेवी नारायण बोहोरा,नेकपाका प्रतिनिधि याम निरौला, संघीय समाजवादीका प्रतिनिधि टीका सम्बाहाम्फे लिम्बू राप्रपा नेपालका प्रतिनिधि विनोदकुमार बोहोरा,नेपाली काङ्ग्रेसका प्रतिनिधि पदम निरौला,महिला संजाल संयोजक रुपा तामाङ लगायतले बोलेका थिए। समाजसेवी, बुद्धिजीवी,शिक्षक,उपभोक्ता, सरोकारवाला, उपभोक्ता समिति,पत्रकार, सचेतना केन्द्रका प्रतिनिधि,महिला संजालका प्रतिनिधि,पार्टी प्रतिनिधि लगातको उपस्तिथि रहेको थियो।















































