गोबिन्द पौडेल
इलाम : निमार्णाधिन सिद्धिहाइडोको लागि पहुचमार्ग निमार्ण गरेपछि रोङ ६को रम्भ्याङमा एउटा घर पूर्ण जोखिममा परेको छ ।
रोङ ६ निवासी सन्त कुमार राएको दुइतले घरको मुनिबाट हाइडोकोलागि बाटो बिस्तार गरेपछि राइका घरको घुर्यानमा डिल बनेको र अहिले सो डिल लडेपछि घरनै पूर्ण जोखिममा परेको हो । तिन जनाको बोनिबुतो गरेर बस्दै आएको सन्त कुमारले हिजोदेखि घर नै छाडेर अन्यन्त्र बस्न थालेका छन् ।
सत्र रोपनि तीनपावा बाजेको पालाकै ज्ग्गा आफ्नो रहेको भएपनि घर बस्न अरु कुनैपनि जग्गा उपयुक्त नभएको राइको भनाइ रहेको छ ।भएको तिनगरा राम्रो जग्गामा एक गरामा घर थियो एक गरा बाटोले काटेको र अन्य एकगरा बाटोले पुरेको उनले बताए । उनले भएको जग्गा देखाउदै भने माथिको गरामा घर बनाउदिन किनभने त्यहा मेरा बाजे बोजु र आफन्तको चिहान रहेको छ ।
यता सिद्धि हाइडोका एक कर्मचारीले भने समस्या आएकोले उनको घर बनाइदिने पहलमा घरेडी सम्याउन आजैबाट थालेको बताए तर अन्य घरबस्न उपयुक्त स्थान नभएकोले खनिएकै बाटोको छेउमा घर बनाउन लागिएको छ । तर काचो माटोमा घर बनाइदिए तत्कालको खाचो टरेपनि जोखिम कायमै रहने स्थानियको भनाइ रहेको छ ।
सिद्धि हाइडोले निमार्ण थाले लगत्तै स्थानिय स्तरबाट धैरै प्रकारको गुनासो आएपनि हालसम्म सरोकारवलाहरुसग एकपटक पनि बहस र अन्र्तक्रिया गरिएको छैन । कमजोर भूबनावट रहेको रोङ ६ को रम्भ्याÄमा निमार्णधिन आयोजनाले पार्ने प्रकृतिक र बातावरणिय प्रधावको बारेमा सरोकारवला , स्थानिय सरकारका प्रतिनिधिहरु र कम्पनिको बिच छलफल हुनसके आउने सानातिना समस्यालाइ स्थानिय स्तरमानै समाधान गर्न सकिने स्थानिय बासीहरुको अपेक्षा रहेको छ ।















































