११ सय ९ जना युवा विद्यार्थीहरुलार्इ सचेतना गराउँदै अभियान सम्पन्न…

इलाम : जिल्ला युवा समितिको कार्यालय, इलामले सात दिने “लागू औषध र दुर्व्यशनी विरुद्ध युवा सचेतना अभियान” अन्तर्गत इलाम नगरपालिका भित्रका ११ अाेटा विद्यालयमा ६ सय १० पुरुष र चार सय ९९जना महिला विद्यार्थीहरुकाे सहभागितामा कार्यक्रम सफल बनाएकाे छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् मातहत रहेको जिल्ला युवा समितिको कार्यालय इलामको आयोजना र जिल्ला प्रहरी कार्यालय इलामको विशेष सहयोगमा जारी अभियान जेष्ठ १६ देखी २३ गते सम्म सञ्चालन भएकाे थियाे ।

अाज बुधबार समता शिक्षा निकेतन इलाम, माउण्टमेची बाेर्डिङ स्कुल र मण्टेस्वरी सेकेन्डरी स्कुलमा कार्यक्रम भएकाे थियाे । समता शिक्षा निकेतनमा स्कुलका भाइस प्निन्सिपल सञ्जिप तामाङ, माउण्टमेचीमा स्कुलका प्रिन्सिपल कमल पाेखरेल र मण्टेस्वरीमा स्कुलका प्रिन्सिपल नुनुमा रार्इकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकरले कार्यक्रमकाे अाैचित्य सहित सहजिकरण गर्नु भएकाे थियाे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले सहजीकरण गर्नुभएको थियो भने क्विन इलामका अध्यक्ष प्रशान्त गिरीकाे स्वागत मन्तव्य रहेकाे थियाे । समता स्कुलमा एक सय ४१ जना, माउण्ट मेचीमा ७६ जना र मण्टेश्वरीमा ९४ जना युवा विद्यार्थीहरुकाे उपस्थिति रहेकाे बताइएकाे छ ।

यससँगै जिल्ला युवा समितिकाे कार्यालय इलामकाे अार्थिक वर्ष २०७४/२०७५ काे कार्यक्रम अन्तर्गत युवा परामर्श कार्यक्रमकाे लागि सञ्चालन गरिएकाे ‘लागु अाैषत र दुर्व्यसनी विरुद्ध ७ दिने सचेतना अभियान’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ ।

इलाम नगरपालिका भित्रका १२ अाेटा स्कुलकाे लागि तय गरिएकाे कार्यक्रम स्कुलकाे परीक्षाकाे कारणले गर्दा प्रज्ञा सदन स्कुलमा भने कार्यक्रम हुन सकेन । एक हजार जना युवा विद्यार्थी सहभागिता गराउने उद्येश्य राखिएकाेमा त्याे भन्दा बढीलार्इ सचेतना गराउन सफल भएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार