काठमाडौं : सरकारले काम नगर्ने ठेकेदारहरुको सूची तयार गरेको छ । काम गर्दै नगर्ने, समयमा काम नसक्ने र काममा गुणस्तर सामग्री प्रयोग नगर्ने गरि तीन तहका ठेकेदारको सूची तयार गरेको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार देशभरी एक हजारभन्दा बढी ठेकेदारको सूची तयार गरेको छ । ७० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले समयमा काम नगर्ने ठेकेदारको सूची गृह मन्त्रालयमा पठाएका छन् ।
उपत्यकामा मात्रै काम नगर्ने साढे ३ सयको सूची तयार भएको छ । सडक कार्यालय डिभिजन एक बाट अनुमत लिएकाहरु धेरै रहेका छन् । सरकारले ठेकेदारसँगै सम्बन्धित सडक आयोजनाका प्रमुखलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी गरिरहेो गृह मन्त्रालयका एक अधिकारीले नेपालपाटीलाई जानकारी दिए ।
सडक, पुललगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने ठकेदारहरु तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् । ठकेदारले काम गरे नगरेको हर्ने र कारवाही गर्ने निकाय भने भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय हो ।
उपत्यकामा काम नगर्ने ठकेदारको सूची
















































