नरेन इलामेली
माइजोगमाई : नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको ११ बर्ष पूरा भएको अवसरमा इलामको माइजोगमाई गाउँपालिकामा भब्यताका साथ गणतन्त्र दिवस विशेष कार्यक्रम समपन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष जीत बहादुर राईको अध्यक्षता, प्रदेश सांसद खिनु लङ्वा लिम्बूको प्रमुख आतिथ्यता तथा जिल्ला समन्व्य समितिका प्रमुख गणेश बरालको विशेष आथित्यतामा कार्यक्रम समपन्न भएको हो।
” समृद्धि र सुशासन गणतन्त्रको पहिचान” भन्ने मूल नाराका साथ समपन्न कार्यक्रममा गाउँपालिकालाई जग्गा तथा भौतिक सामाग्री प्रदान गर्ने ११ जना सहित गाउँपालिका भित्रका उत्कृष्ट शिक्षक, विद्यार्थी, विद्यालय र विद्यालय ब्यवस्थापन समितिलाई सम्मान समेत गरिएको डम्बर निरौलाले बताए। कार्यक्रमका अधिकाँश बक्ताले गणतन्त्र नेपाली जनताको त्याग र बलिदान कै कारण स्थापित भएकाले यसको रक्षा गर्दै समृद्धिको बाटोमा अघि बढ्नु पर्नेमा जोड दिए। कार्यक्रमा बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा गाउँपालिकावासीको उल्लेखनिय उपस्थिति रहेको थियो।
















































