स्थानीय तहबाटै वैदेशिक रोजगारीको सेवा, विभागको शाखा खोल्ने कार्य सुरु

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा बिरामी वा मृत्यु भएका व्यक्तिका परिवारले पाउने सुविधा स्थानीय तहबाटै लिन मिल्ने गरी निर्दशिका बनाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

सर्वोच्च अदालतले वैदेशिक रोजगारीसँग सम्बन्धित सबै संयन्त्रलाई विकेन्द्रीकरण गर्न भनी निर्देशनात्मक आदेश दिएपछि मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ ।

सातवटै प्रदेशमा वैदेशिक रोजगार विभागको शाखा खोल्नका लागि काम शुरू भइसकेको अधिकारीहरूले बताएका छन्।

वैदेशिक रोजगारसम्बन्धी सबै कार्यालय काठमाडौं केन्द्रित रहेको समयमा यससम्बन्धी संयन्त्रहरू विकेन्द्रीकरण गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। आफू मातहत रहेका कार्यालयहरू स्थानीय तहसम्म र्पुयाउनका लागि काम थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जान प्रक्रिया थालेदेखि विदेशमा काम गर्दा परेका समस्या लगायतका सबै विषय सल्टाउन राजधानी नै आउनुपर्ने बाध्यता छ । त्यसैले प्रत्येक प्रदेशमा वैदेशिक रोजगार विभागको एउटा कार्यालय खोल्ने तयारी भइरहेको मन्त्रालयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार