इलाम : इलामको गोलाखर्कमा बिहिबार साझ ७ः४५ बजे श्रीमानले धारीलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।
इलामको माईजोगमाई गाँउपालिका ५ सोयाङ घर भई हाल इलाम नगरपालिका ९ गोलाखर्कमा डेरा गरी बस्ने अन्दाजी ३८ / ३९ बर्षका मदन लिम्बुले घरायसी बादबिबाद पछि आफ्नै श्रीमती बिमला लिम्बुलाई खुकुरी प्रहार गरी धाईते बनाएको र घाईते विमलाको इलाम जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
खुकुरी प्रहार गर्ने श्रीमान फरार रहेकोले खोजिकार्य जारी रहेको समेत जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



















































