नयाँ सिडियोको कडाइले हच्कदै कर्मचारी

गौर : हालै रौतहट सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारीले कडाई गर्न थालेपछि अनियमितामा कमि आएको सर्बसाधारणको भनाई रहेको छ ।
जग्गा नामसारी गर्न मालपोत कार्यालय पुगेका चन्द्रपुर ६ का सरोज चौधरीले नापी शाखाका कर्मचारीलाई कित्ताकाट गर्न फायल दिए । उनले ५ सय रुपैया हातमा राखेर कर्मचारीलाई दिन खोजे तर लिन मानेन । उनि अचम्मितमा परे । पहिला रकम नदिई कित्ताकाट हुदैनथ्यो अहिले लिन मान्दैनन ।

नापीका कर्मचारी कित्ता गरे वापत पैसा लिन खप्पिस छन । तर प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालको कडाईले एक साता अघि देखी कर्मचारीले अतिरिक्त रकम लिन छाडेका छन ।

पैसा नदिई काम नहुने अड्डामा बिना पैसा त्यो पनि फटाफट काम हुन थालेको चौधरीले सुनाए । शुसासन भनेको यस्तो हुनु पर्छ,उनले भने,बिगतमा काम ढिला गरेर रकम लिन पल्केका कर्मचारीले अहिले फटाफट काम गर्न थालेका छन ।

यहा“को नापी, मालपोत भूमिसुधार कार्यालयमा सेवाग्रहीलाई दुख दिएर तल्लोतहका कर्मचारीले रकम अशुल्ने गरेको गुनासो पछि प्रजिअ रिजालले कडाई गरेका हुन । तिनैवटा कार्यालयमा निगरानी गर्न उनले कर्मचारी समेत खटाएका छन । यो कार्यालयमा सेवाग्रहीको भिड लाग्छ । ग्रामिणभेगबाट जग्गा नामसारी गर्न आएकाहरुलाई ढिला गरी काममा बिभिन्न बाहना बनाई रकम अशुल्दै अँएका थिए ।

प्रजिअ रिजालले कुनै पनि कर्मचारीले रकम लिएको थाहा पाए कारबाही गर्ने बताए । उनले सबैकर्मचारी अनुसासनमा बस्नु पर्ने बताएका छन । सेवाग्रहीलाई दुख दिएर रकम अशुल्ने काम पुरै बन्द हुन्छ, उनले भने,कुनै फाटमा दुख दिए वा काम ढिला गरे तत्काल खवर गर्न भनेको छु । उनले घुसको रकम मागे र गुनासो लिएर आउने सेवाग्रहीलाई निर्वाध भित्र पस्न दिन बाहिर बसेका सुरक्षाकर्मिलाई निर्देश्न समेत दिएका छन ।

मालपोत नापी र जिल्ला प्रशासन कार्यालय एकै स्थानमा छ । भूमिसुधारको कार्यालय पर भए पनि प्रशासनले निगरानीका लागी कर्मचारी खटाईएको छ । यस अघि यी कार्यालयमा कडाई गरिएको थिएन । मालपोत प्रमुख सिकन्दर साहले मातहतका कर्मचारीलाई सेवाग्रही सित राजस्व बाहेकका कुनै पनि रकम नलिन निर्देशन दिईएको बताए । सकेसम्म छिटो काम गर्न भनेको छु, उनले भने,टाढाबाट आएका सेवाग्रहीलाई अल्झाएर ढिला गर्दा मानसिक तनाब हुने र कार्यालयको मर्यादा बिरुद्ध गुनासो बढ्छ ।

प्रजिअ रिजालले स्थानियतहमा हुने अनियमितता रोक्न समेत कमद चालेका छन । सबै नगरप्रमुखलाई बोलाएर बिकाश निर्माणको काममा गुनासा सुन्न नपरोस भनेका छन । पछिललो पटक केही नगरपालीको बिरुद्ध उजुरी परे पछि उनले अनियमितता रोक्ने प्रयासको थालनी गरेका हुन ।

प्रजिअ रिजालले सेवाग्रहीका लागी कार्यालय बाहिर पिउने पानीको ब्यवस्था गरेका छन । प्रशासनमा यस्तो ब्यवस्था गरेको यो पहिलो पटक हो । उनले कुनै पनि सेवाग्रही पानी प्यास लागेमा बाहिर भौतारिन नपरोस भनेर भित्रै शुद्ध पिउने पानीको ब्यवस्था गरेको बताए । उनको यस्तो कार्यको सबैले प्रशन्सा गरेका छन । मालपोत,पानी र प्रशासनमा कामले आउने सेवाग्रहीले यहीको पानी पिउछन । प्रशासनले बाहिर ठुलो भाडामा चिसो पानीको ब्यवस्था गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार