इलाम : इलाम नगरपालिका १ नेपालटारमा ट्रक दुर्घटना भएको छ ।
फिदिमबाट काठमाण्डौ का लागि खाली सिलिन्डर बोकेर हिडेको बा. ६ ख. ४३२९ नम्बरको ट्रक मेची राजमार्ग अन्तर्गत नेपालटर-इलाम सडक खन्ड मा आइतबार साँझ ब्रेक फेल भई दुर्घटना भएको छ ।
दुर्घटना मा कुनै मानविय क्षति नभएपनी ट्रक सडकबाट करिव १० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।



















































