युद्धबहादुर बोहोरा
घुर्बिसे पन्चमी, पाँचथर : जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका संसद बसन्त कुमार नेम्वाङले आगामी दुई बर्ष भित्रमा पाँचथर अध्याँरो रहित जिल्ला बन्ने बताएका छन् ।
यस जिल्लामा पोल,तार, ट्रान्सफर्मर र विधुतिय सामाग्री (९०/१०) सहित १ अर्ब २२ करोड रुपैयाँ बराबरको ग्रामीण विधुतिकरण योजना भित्रिएको जानकारी गराउदै २०-२५ बर्ष सम्म विद्युत श्रोत मजबुत रहेकोले अब हरेक बस्तीहरु झलमल्ल हुने उनको दावी छ।
विधुत उपभोक्त समिति फल्गुनन्द-५ को उद्घाटन कार्यक्रममा बोल्दै नेम्वाङले -पाँचथरमा जम्मा पाँच वटा ३३ केभी सब-स्टेशन रहेको र चाडैं फालेलुङ्ग गाउँपालिकामा एक स्टेशन थपिने बताए । फाल्गुनन्द-५ अन्तर्गत ११ केभी नयाँ विधुत विस्तार उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेम्वाङको मद्दतबाट ५० केभी क्षमताको ट्रान्सफर्मर,१० किलोमिटर आधा (ओ ५) तार,११ वटा ८ मिटरको पोल, २२ वटा १० मिटरको पोल सहित स्थानीय स्रोत ७ लाख २० हजार र ५ लाख ९५ हजार बराबर श्रमदान सहित १३ लाख १५ हजारको लागतमा ७० घरधुरीमा विधुत सञ्चालन हुन थालेको छ । अध्यक्ष चन्द्रशेर चेम्जोङको नेतृत्वमा ११ सदस्यीय उपभोक्त समितिले रकम संकलन र सम्पुर्ण काम सम्पन्न गरेको सचिव चन्द्रप्रकाश चेम्जोङले बताए ।
उक्त योजनालाई कार्यालय समन्वय र प्रक्रिया अघि बढाउन संसद नेम्वाङका साथ उपभोक्त समिति संयोज तथा स्थानीय बुद्धिजीवी वीर नरसिं चेम्जोङले पहल गरेका थिए । पाँचथरको दोस्रो ठुलो मिक्लाजुङ स्थित रवि बजारमा भाद्र महिना सम्ममा विद्युत विस्तारका तथा संचालन गर्ने योजना रहेको इलाम विधुत वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले जानकारी दिए।



















































