श्री कृष्ण प्रणामी युवा परिषद इलामको ९ औ जिल्ला अधिवेशन सम्पन्न

इलाम : श्री कृष्ण प्रणामी सम्पदायमा आबद्ध युवाहरुको संस्था श्री कृष्ण प्रणामी युवा परिषद इलामको ९ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट शेखर भट्टराइको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । समितिको उपाध्यक्षमा सविता पाण्डे र राजु कट्टेल चयन भएका छन भने सचिवमा राजकुमार दहाल , सहसचिवमा सफलता राइ र कोषाध्यक्षमा सिद्धिप्रसाद तिम्सिना चयन भएका छन । सदस्यहरुमा गोपाल कट्टेल , पदम विलासी , रोशन चाम्लिङ चयन भएका छन ।

यसैबीच सुर्योदय नगरपलिका १० स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा सम्पन्न भएको अधिवेशनको उदघाटन सुर्योदय नगरपालिकाका मेयर रन बहादुर राइको प्रमुख आतिथ्य परिषदका अध्यक्ष खगेन्द्र बास्तोलाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा युवा परिषद नेपालका उपाध्यक्ष विष्णु प्रसाइ ,युवा सन्त घनश्याम प्रियचार्य,परिषद केन्द्रीय सदस्य यज्ञ ढकाल , कमल कोइराला लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा परिषदको भावी योजना र प्रगति प्रतिवेदन साथै २ लाख ४४ हजार २सय ४० रुपैयाको आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो । परिषदको इलाम वरबोटेको प्रराम्भिक समितिलाइ स्टेचर प्रदान गरिएको थियो ।

२०४७ सालमा स्थापित केन्द्रिय परिषदको माातहतमा ४४ वटा जिल्लामा जिल्ला शाखाहरु रहेका छन । इलाम जिल्लामा जिल्ला शाखा अन्तर्गत १४ वटा प्रारम्भिक समितिहरु सक्रिय रहेका छन । समितीहरुले धार्मिक गतिविधी साथै सामाजिक कार्यहरु गदै आएको छ ।

र्दुव्यसन त्यागौ सेवा मुखी बनौ भन्ने नारा सहित परिषदले लागु पदार्थ विरुद्धको अभियान , अंहिसा विरुद्धको अभियान , सरसफाइ अभियान , रक्तदान कार्यक्रम , स्वयमसेवा लगायतका गतिविधी संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार