पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ मूल्य वृद्धि

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले अनलाइनखबरलाई बताए ।

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार