बेवारिसे भरुवा बन्दुक फेला

इलाम : इलामको चुलाचुली गाउँपालिका १ स्थित कमल खोला नजिकै एक थान भरुवा बन्दुक फेला परेको छ।

प्रहरी चौकी पेल्टिमारीबाट निस्केको गस्ती टोलीले मंगलबार अपरान्ह कमल खोला किनारमा रहेको काँस घारीमा बेवारिसे अवस्थामा फ्याँकेको एक नाले भरुवा बन्दुक फेला पारेको हो ।

बेबारिसे अवस्था रहेको भरुवा बन्दुक प्रहरी चौकी पेल्टिमारीमा राखि अनुसन्धान कार्य भई रहेको जिल्ला प्र्हरी कार्यालय इलामले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार