विप्लव समूहले पड्कायो ग्रीनेड बम

चितवन : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएका छन् ।

आज विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।  बम विस्फोट गराउनेको पहिचान भईसकेको र खोजी कार्य तिव्र पारिएको बताए । “सिसि टिभीको फुटेजबाट मोटरसाईकलमा आएका दुई मध्ये एक जनाको पहिचान भईसकेको छ, विप्लवका कार्यकर्ता नै हुन्, खोजी भईरहेको छ”–एसपी थापाले भने ।

ग्रीनेड बमले भाटभटेनीको पूर्व पट्टि क्षति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार