
गएको कात्तिक १९ गतेको दिन नेपालमा १० वटा बाम (कम्युनिस्ट) हरुको घटक (समूह) को एकता घोषणा भएको थियो । ती साना बाममध्ये नेकपा (माके) एवम् नेकपा (एस) बाहेक ससाना बाम समूह (टोलटोलमा गठन गरिएका क्लबभन्दा पनि कम सदय संख्या भएका) नेताहरुको झुण्ड मात्रै रहेका थिए, रहेका छन् । यसै मेसोमा सो बाम एकता प्रक्रियामा एमालेमा अट्न नसकेका भीम रावलका साथै मधेसका प्रमोदनारायण साह पनि समाहित भएका छन् । स्मरणीय छ, भीम रावलको मातृभूमि जागरण अभियान नामक समूह र मधेसका प्रमोदनारायण साहको नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी पार्टी नाम गरेको समूह रहेको थियो । यसरी हेर्दाखेरि फ्ट्नुभन्दा जुट्नु कता हो कता राम्रो हो । त्यसैलै फुट्न मात्रै जान्ने र मिल्न कहिल्यै नजान्ने बाम समूहहरु धेरै राम्रो मिलेर राम्रो सन्देश प्रवाह गरेको देखिन्छ, नेपाली राजनीतिमा । हुनत अहिलेको मिल्ती जुन भएको छ, १२ वटा बाम समूह (बाम पार्टी !) मिलेर जुन समूहमध्ये नेकपा (माके) एवम् नेकपा (एस) बाहेक साना समूह(–अझ जमातभन्दा फरक नपर्ने) हरु हुन् । उनीहरुको राजनीतिक हैसियत नेपाली मूलधारको राजनीतिमा खासै असरदार देखिएको थिएन, छैन ।
अहिले नेपालमा कम्युनिष्ट नामधारीका समूह, जमात अथवा पार्टी जे भने तापनि ती राजनीतिक दलका नेताहरु सकेसम्म जुट्नका लागि मरिमेटेर लागेका छन् । उनीहरु जुट्नका लागि मरिमेटेर लागेका मात्रै होइन कि, १२ वटा कम्युनिस्टहरुको घटक (समूह) को त एकता नै भएको छ । १२ वटा बाम समूहका प्रमुख नाइकेमा पुष्पकमल दाहाल रहेका छन्, भन् दोस्रो नाईके चाहिँ माधव नेपाल रहेका छन् । त्यस्तै गरेर तेस्रो नाइकेमा भने झलनाथ खनाल रहेका छन् । स्मरण रहोस्, खनाल तिनै नेता हुन, जो एकता घोषणा हुनुभन्दा अघिल्लो दिन बेलुकीसम्म एमालेका अध्यक्ष केपी ओलीसँग आफ्ना लागि के पद दिने ? भनी पदीय बार्गेनिङ गर्न भेट्न गएका थिए । तर ओली जस्ता कपटी, इखालु र मनमा तुष राखिरहने एवम् एक नम्बरका छुद्र नेताले झलनाथ खनाललाई के भाउ दिन्थे र ?! अन्ततः झलनाथ खनाल पनि हतार हतारमा १२ बाम घटकको (समूह) मिलेर बनेको, घोषणा हुन लागे (हुँदै गरेको) को सभामा ‘नेपाली कम्युनिस्ट पार्टी’ मा सामेल हुन आई पुगेका थिए ।
यसरी इतिहास हेर्दाखेरि नेपालका कम्युनिस्टहरु जुट्नभन्दा बढी फुट्न जान्ने रहेका, भएका कम्युनिष्ट नामधारीका राजनीतिक दलका ठूला अथवा भनौं नेतृत्व तहका नेताहरु एक आपस्तमा जुट्नका लागि अहिलेलाई मरिमेटेर लागेको भए तापनि ती कम्युनिष्ट नामधारीका राजनीतिक दल मध्ये केही दलका दोस्रो तथा तेस्रो तहका नेताहरु चाहिँ पार्टीको सिद्धान्त, वाद, विचारधारा, तत्कालीन कार्यनीति लगायत अनेक विषयलाई बहानामा मूल नेतृत्वबाट विद्रोह गरेर अलग्गै समूह बनाउने अथवा अर्को कम्युनिष्ट नामको राजनीतिक दल खोल्नेतर्फ लागेका छन् । यस्ता केही नामधारी कम्युनिष्ट दलका नेतामध्ये केही चाहिँ पहिले आफूहरु फुटेर आएको पार्टीमै फर्केका छन् । यसरी कम्युनिष्ट नामधारीका राजनीतिक दलका दोस्रो, तेस्रो तहका नेताहरु पार्टीको सिद्धान्त, वाद, विचारधारा, तत्कालीन कार्यनीति लगायत अनेक विषयलाई बहानामा मूल नेतृत्वबाट विद्रोह गरेर अलग्गै समूह बनाउने अथवा अर्को कम्युनिष्ट नामको राजनीतिक दल खोल्नेतर्फ लाग्नेमा अहिले नेकपा माओवादी केन्द्र (माके) का राम कार्की, जनार्दन शर्मा प्रभाकर, सुदन किराती लगायत रहेका छन् । मूल पार्टीमा फर्कनेहरु नेपाल कम्युनिष्ट पार्टी एकीकृत (एस) का रामकुमारी झाँक्री, किसान श्रेष्ठ आदि छन् ।
हनु पनि नेपालको राजनीतिक इतिहास हेर्दाखेरि सर्वाधिक फुट्ने राजनीतिक दलमा कम्युनिस्ट पार्टी र तिनका नेताहरु रहेका छन् । नेपालमा सुरुदेखि नै यो वा त्यो नाममा एउटै राजनीतिक दल (कम्युनिष्ट पार्टी) मा रहेका कुनै नेताबिच सामान्य असहमति र मनमुटाव हुने बित्तिकै केही समय आफ्नो दलभित्र छलफल र बहस त गर्छन् । तर अन्त्यमा आफ्नो कोटरीभित्र रहेका समूह, आसेपासे र हनुमानेको गुट लिएर अलग्गै राजनीतिक दल गठन गर्ने गर्छन् । नेपालका कम्युनिस्ट समूहको फुटको इतिहास हेर्दाखेरि २०४६ साल अघिसम्म नेपालको राजदबार र राजतन्त्रलाई हेर्ने दृष्टिकोण, चीन र माओ÷माओवादलाई हेर्ने दृष्टिकोण अथवा कसरी लिने भन्ने सम्बन्धाई लिएर एवम् तत्कालीन सोभियत संघ र लेनिन तथा स्टालिनलाई हेर्ने दृष्टिकोण र, खास गरिकन पूर्वी युरोपको अल्बानिया, युगोस्लाभिया, चेकोस्लोभाकिया लगायत देश र अफगानिस्तानमा सोभियत संघ (स्टालिन) ले गरेको हस्तक्षेप एवम् प्रकारले किम इल सुङ र उत्तर कोरियालाई हेर्ने लगायत विषयमा मतभेद हुन्थ्यो । त्यसैलाई आधार बनाएर ऊ बेला पनि नेपाली कम्युनिस्टहरु फ्ट्ने गर्थे । कतिसम्म भने व्यक्तिको नाम र थरका आधारमा समेत नेपालमा कम्युनिस्टहरु फुटेर समूह समूह भएका थिए । जस्तै नेपाल कम्युनिस्ट पार्टी (अमात्य), नेपाल कम्युनिस्ट पार्टी (बर्मा) नेपाल कम्युनिस्ट पार्टी (मानन्धर) नेपाल मजदुर किसान पार्टी (रोहित), नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी), नेपाल कम्युनिस्ट पार्टी (चौम), नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (मशाल), नेपाल कम्युनिस्ट पार्टी (सर्वहारावादी), नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल समूह), रातो झण्डा समूह, नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाल कम्युनिस्ट पार्टी (कोशी प्रान्तीय कमिटि), नेत्रलाल अभागी समूह आदि रहेका थिए ।
यसरी नेपालका कम्युनिष्ट नामधारीका राजनीतिक दलहरु जुट्ने र फुट्ने क्रममा नयाँ दल खोल्नका लागि लागीपर्ने क्रममा अहिले नेकपा माओवादी केन्द्र (माके) रहेका सुप्रिमो अर्थात् पुष्पकमल दाहाल उर्फ प्रचण्डको नेतृत्वमा र नेपाल कम्युनिस्ट पार्टी एकीकृत (एस) का प्रमुख हर्ताकर्ता माधवकुमार नेपालको विशेष जोडमा नेपालमा रहेका १२ वटा कम्युनिस्ट नामधारी पार्टीहरुको गठजोड (एकीकरण ?!) भएको छ । त्यसरी १२ वटा कम्युनिस्ट नामधारी पार्टीहरुको गठजोड (एकीकरण ?!) मा जोडिएका पार्टीहरुमा महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, गोपाल किरातीको देशभक्त समाजवादी मोर्चा, केशव दाहालको माओवादी कम्युस्टि केन्द्र, सुवास काफ्लेको जनसमाजवादी पार्टी, राजु कार्कीको नेकपा (समाजवादी), चिरन पुनको नेकपा, कर्णजित बुढाथोकीको नेकपा (माओवादी समाजवादी) र प्रेमबहादुर सिंहको नेकपा (जनसमाजवादी) रहेको छ, अहिलेलाई । यहाँ अहिलेलाई भन्ने शब्द किन प्रयोग गरिएको हो भने हिजोका दिनमा यिनीहरु (१२ वटा कम्युनिस्ट पार्टी) मध्ये केही पार्टीका नेताहरु एकआपस्तमा माक्र्सवाद, लेनिनवाद, माओवाद वा माओ विचारधारा (माओको विचार र कार्यक्रम मात्रै हो कि माओको सिद्धान्त नै हो, के हो ? भन्ने सम्बन्धमा) समेत सामान्य बहस र छलफलले मात्रै नपुगेर अत्यन्तै तल्लो स्तरमा झरेर आरोप, प्रत्यारोपमा गर्ने गर्थे । त्यसैले भोलि छिसिक्क केही हुने बित्तिकै अथवा केही नमिल्ने बित्तिकै त्यही थोत्रो भनाइ अर्थात् माक्र्सवाद, लेनिनवाद, माओवाद वा माओ विचारधार आदि इत्यादिकै भरमा फुट्न सक्ने देखिन्छ । त्यसो त भोलिका दिनमा माक्र्सवाद, लेनिनवाद, माओवाद वा माओ विचारधार अथवा सिद्धान्तभन्दा पनि ‘आफ्नो समूहगत सौदाबाजी’ प्रमुख हुने भएको हुनाले फागुन २१ गते हुने भनिएको निर्वाचन भई हालेमा सो निर्वाचनमा कुन समूहबाट आएकाहरुका उम्मेदवार कति जना र, कहाँ उठाउने भन्ने सम्बन्धमा एवम् प्रकारले निर्वाचन नलडी सहजै संसदमा पुगिने अर्थात् समानुपातिक निर्वाचनमा कोको उम्मेदवार हुने आदि इत्यादिकै विषयमा कुरो नमिलेपछि पुनः फुट आउने मात्रै होइन कि टुक्रा–टुक्रामा परिणत हुन बेर लाग्ने छैन ।
नोटः थप जाकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९
लष्लबmपष्चबतज्ञद्दघ२नmबष्।िअयm














































