प्रथम चिबुवा कप : उपाधिका लागि दशमीले आयोजकसँग भिड्ने

लाम : इलामको माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगिताको उपाधिका लागि दशमी एफसीले आयोजक चिबुवा युथ क्लबसँग भिड्ने भएको छ ।

आइतबार सम्पन्न सेमिफाइनल खेलमा दुवै टिम विजेता हुुँदै फाइनल प्रवेश गरेसँगै उपाधिका लागि आमने समाने हुँदैछन् । पहिलो सेमिफाइनल खेलमा निवासोँ एफसीलाई ३-१ गोल अन्तरमा पराजित गर्दै दशमी उपाधिनजिक पुगेको हो । दशमीको जितमा गोरव धिमालले दुई र निर्मल राईले एक गोल गरे । उता निवासोँको तर्फबाट एकमात्र सान्तवना गोल सनिल राईले फर्काएका थिए ।

त्यस्तै दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा बतासे एफसीलाई ३-० गोलको अन्तरमा रोक्दै आयोजक अन्तिम दुईमा उक्लिएको हो । आयोजकको जितमा आइन्द्र लिम्बूले दुई र संगीन लिम्बूले एक गोल गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल सोमबार स्थानीय जनकल्याण आधारभूत विद्यालयको खेलमैदानमा हुनेछ । दशमी उपाधि चुम्ने दाउका साथ मैदान उत्रदैँछ भने आयोजक उपाधि रक्षाको रणनीतिमा छ ।  उपाधि विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणत्र पाउनेछन् ।

दिपावलीको अवसरमा चिबुवा युथ क्लबले असोज ३० गतेदेखि संचालन गरेको प्रतियोगितामा इलाम र पाँचथरका २४ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार