इलाममा चिया टिप्दै गर्दा चट्याङले लागेर चारजना घाइते

  नयाँ बुलन्द
707 Shares

इलाममा चिया टिपिरहेको ठाउँमा चट्याङ पर्दा चारजना घाइते भएका छन् । मंगलबार दिउँसो ४.२० बजे इलाम नगरपालिका –१ छिवेणी गाउँ बस्ने स्थानीयहरुले चिया टिपिरहेका बेला चट्याङ परेको थियो ।

चट्याङले लागेर इलाम नगरपालिका –१ बस्ने ३७ वर्षीया कमला राई (जिल्ला अस्पताल इलाममा उपचार भइरहेको , अवस्था सामान्य), सोही ठाउँ बस्ने ३१ वर्षीया रमिला राई (जिल्ला अस्पताल इलाममा उपचार भइरहेको , अवस्था सामान्य) , ३७ वर्षीय वीरबहादुर राई (जिल्ला अस्पताल इलाममा उपचार भइरहेको , अवस्था सामान्य) र ३२ वर्षीय शनिकुमार राई (जिल्ला अस्पताल इलाममा उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड रेफर गरिएको) घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार