जेष्ठ कम्युनिस्ट मञ्च फाकफोकथुम अध्यक्षमा तामाङ

  नयाँ बुलन्द
161 Shares

इलाम : जेष्ठ कम्युनिस्ट मञ्च फाकफोकथुम अध्यक्षमा दानबहादुर तामाङ निर्वाचित भएका छन् ।

शनिबार भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जनवर्गीय संगठनहरुको संयुक्त पालिका सम्मेलनबाट तामाङको अध्यक्षतामा नौ सदस्यीय पालिका समिति गठन भएको हो ।

उपाध्यक्षमा डिल्लीराम निरौला, सचिवमा ललित थेगिम र कोषाध्यक्षमा चन्द्र राना निर्वाचित भएका छन् ।

सदस्यहरुमा तेजप्रसाद दियाली, पदमबहादुर लिम्बु, राम पौडेल र यामप्रसाद खनाल निर्वाचित भएका छन् । एक जना सदस्य कार्यसमिति बठैकदे मनोनित गर्नेछ ।

माओवादी केन्द्र फाकफोकथुम अध्यक्ष प्रकाश राइको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य सिन्धु राइ, जिल्ला संयोजक विजय खम्बु, जिल्ला सचिव शान्ता बस्नेत (शर्कल), प्रदेश सदस्य प्रभास शर्मा, मिक्लाजुक गाउँपालिका अध्यक्ष अमर माखिम, प्रदेश सदस्य प्रकाश परियार, शिक्षक संगठन अध्यक्ष उमाकान्त भट्टराई, वाइसीएल नेता डिवन राई र सोम राइ, अखिल क्रान्तिकारीका नेता पुस्कर बोहोरा, किसान संगठन प्रदेश सदस्य टिका पौडेल, जेष्ठ कम्युनिस्ट मंच प्रदेश सदस्य फुलमाया राइलगायतको उपस्थिति थियो ।

कार्यक्रमको संचालन सचिव हेमकर्ण निरौला र स्वागत पालिका उपाध्यक्ष भुपाल लिम्बुले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार