सहिद रत्‍नकुमार वान्तवा ४६ औं स्मृति दिवस : शेरधन, अशोक र सुशिला इभाङ आउँदै

  नयाँ बुलन्द
1.4k Shares

इभाङ : आज चैत २७ गते, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा अविष्मरणीय दिन हो । २०३५ साल आजकै दिन निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नका लागि गरीब नेपाली जनताको पक्षमा लडिरहेका इतिहास पुरुष रत्‍नकुमार वान्तवाको हत्या भएको थियो ।

वान्तवाको पश्चिमी इलामको माङसेबुङ गाउँपालिका-२ (साविक इभाङ्ग-१) स्थित जङ्गलमा तत्कालीन पञ्चायती प्रहरीले हत्या गरेको थियो । उनको हत्या भएको आज ठीक ४६ वर्ष पुगेको छ ।

४६ औं स्मृति दिवसको अवसमार आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले इभाङमा सहिद रन्तकुमार वान्तवानको ७३ औं जन्मजयन्ती तथा ४६ औं स्मृति दिवस समारोह आयोजना गर्खदैछ ।

बिहान ११ बजेदेखि हुने कार्यक्रम एमाले स्थायी कमिटि सदस्य एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा हुनेछ ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य अशोक राई र उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सुशिला श्रेष्ठसमेतको उपस्थिति रहने एमाले जिल्ला सचिवालय सदस्य हेमन्त राईले जानकारी दिए ।

एमाले पार्टी छाडेपछि राई र श्रेष्ठ पहिलो पटक एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लागेका हुन् । श्रेष्ठ सहिद रत्नकुमार वान्तवाको हत्याको साक्षी महिला हुन् । उनी त्यतिबेला पक्राउ गरेको भएपनि केही समयपछि भाग्न सफल भएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार