प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन सुरु

  नयाँ बुलन्द
14 Shares

 

काठमाडौं : प्रेस सेन्टर नेपालको पाचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

शनिबार सुरु भएको महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेपका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरे ।

महाधिवेशनमा देशभरबाट आठ सय ५० जना पत्रकारहरु प्रतिनिधिको रुपमा सहभागी छन् ।

आइतबारसम्मा चल्ने महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ५, महासचिव, उपमहासचिव ५, सचिव १५ र कोषाध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार