इलाम : इलामको सन्दकपुर गाउँपालिका २ का स्थानीयबासी गाउँको अग्लो ढुङ्गाको माध्यमबाट पर्यटन प्रवद्र्धनमा जुटेका छन् । । गौथलीहरुको बासस्थान रहेको सोमेलाक्मालुङ्ग ढुङ्गामा साहासिक पर्यटनको प्रवद्र्धन पूर्वाधार समेत निर्माण गरिएको छ । सन्दकपुर २ का बासिन्दा गाउँमा रहेका अग्ला ढुङ्गाको माध्यमबाट पर्यटन प्रवद्र्धनमा जुटेका छन् । पर्यटन प्रवद्र्धनको सम्भावना रहेको सोमे लाक्मालुङ्ग ढुङ्गामा स्थानीयबासी साहसिक पर्यटकीय क्षेत्र बनाउन सक्रिय भएका हुन् । सोमे लाक्मालुङ्ग ढुङ्गा सन्दकपुर गाउँपालिका २ को छेउखर्कमा रहेको वडाअध्यक्ष सनम राईले बताए । गौथलीहरुको बासस्थान रहेको यो ढुङ्गामा साहासिक पर्यटनको सम्भावना भएपछि पर्यटन विभागको बजेटबाट पदमार्गले जोडिएको छ ।
१ सय मिटर अग्लो पहरामा पर्यटक यात्रा गर्न पदमार्ग समेत जोडिएको छ । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरबाट डेढ घण्टाको यात्रामा सोमेलाक्मालुङ्ग ढुङ्गा पुग्न सकिने सन्दकपुर २ का वडासदस्य अमृत राईले बताए ।
सोमेलाक्मालुङ्ग ढुङ्गाको ऐतिहासक पक्ष रोचक छ । ढुङ्गामा १ सय ५० वर्ष अघिबाट ठुलो प्रजातीको गौथली बसोबास पाइन्छ । सोहि गौथलीको बच्चाको मासु स्थानीय सोमबार जन्मिएका सोमे राईले खाने गरेका थिए । एक दिन गौथलीको बच्चा झिक्न जाँदा चिप्लिएर सोमे राई ढुङ्गाको चेप्लिएर अड्कीएको थिए ।
सोमे राई ढुङ्गामा अल्झिएपछि स्थानीयले ढुङ्गाको नामाकरण सोमेलाक्मालुङ्ग राखिएको कथन छ । सोमे मान्छेको नाम राई भाषामा लाक्मा भनेको अल्झिएको र लुङ्ग ढुङ्गा हुन्छ । प्राकृतिक टावरको रुपमा रहेका ढुङ्गाको चुचुराबाट इलामका अधिकासं ग्रामीण बस्तीहरु अध्ययन गर्न पाइन्छ ।
करोडौँ खर्चिएर बनाउने टावरभन्दा अग्लो ढुङ्गा नै सुन्दर भएको त्यहाँ पुगेका पत्रकार खेमराज ढकालले बताए । सोमेलाक्मालुङ्ग ढुङ्गा समुन्द्र सतहबाट २७ सय ५० मिटरको उचाईमा छ ।
थप तस्बिरहरु :