इलाम : इलामको चुलाचुलीमा जारी ‘ऐनापोखरी महोत्सव’मा गायक प्रमुख खरेलले चुलाचुलीबासीलाई नचाएका छन् ।
चुलाचुली गाउँपालिका-३ र ४ को संगम स्थलमा पर्ने ऐनापोखरीमा आयोजित महोत्सवमा मङ्गलबार राती आफ्नो प्रस्तुति दिन ‘परम्परा’ ब्याण्डसहित चुलाचुली आइपुगेका गायक खरेलको गीतमा सबै उमेरमा व्यक्तिहरु झुमेका थिए ।
उनको गायकी सुन्न स्थानीय ऐनापोखरीको किनारमा हजारभन्दा बढी दर्शक उपस्थित थिए । ८ सदस्यीय ब्याण्डसहित स्टेजमा उत्रिएका उनले ‘म बाँचेकै तिमीसँग माया लाउन हो’, ‘मेरो दिल छ पोखरामा’, ‘हंगामा भो’, ‘ओई झुम्मा’, ‘यो कुरा गोप्य’, जस्ता चर्चित गीत गाउँदा दर्शकले आफूलाई थाम्न सकेनन् र नाच्न थालेsका थिए ।
उक्त सांगीतिक कार्यक्रममा सहभागी हुन चुलाचुली गाउँपादिकासँगै झापाको दमक, केर्खा, कमललगायतबाट समेत दर्शक आएका थिए ।
आयोजक समिति कैलास थुलुङले पहिलोपटक चुलाचुलीको कार्यक्रममा खरेललाई ल्याएको बताउँदै उनको प्रस्तुतीले आयोजक उत्साहित भएको बताए ।
महोत्सव फागुन १० गतेसम्म संचालन हुनेछ ।