इलाममा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु (तस्बिरहरु)

इलाम : इलाममा आज (आइतबार) देखि १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेदकुद महोत्सवको रुपमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति इलामको आयोजनामा र माई नगरपालिकाको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

माई नगरपालिकाको प्रशासकीय केन्द्र सितली बजार खेलमैदानमा सञ्चालित प्रतियोगिताको उद्घाटन कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर (राना) ले गरे ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी. कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् । प्रतियोगितामा १० वटै पालिकास्तरका प्रतियोगिताबाट छनौट भएका ८ सय ८५ खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार