योङहाङ एफसी र हिलिहाङ एफसी फाइनलमा

फाइल तस्बिर

माङसेबुङ :  माङसेबुङ गाउँपालिका-२ को योङहाङ एफसी र  माई नगरपालिका-६ को हिलिहाङ एफसी इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा माङसेबुङ गाउँपालिका-३ को हिलिहाङ टोल विकास संस्थालाई १-० को झिनो अन्तरमा रोक्दै योङहाङ एफसी उपाधिनजिक पुगेको हो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा माङसेबुङ गाउँपालिका-२ कै पावा एफसी विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै हिलिहाङ एफसीले अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

प्रतियोगिताको उपाधिका लागि शुक्रबार हुने फाइनल खेलमा योङहाङ एफसी र हिलिहाङ एफसी आमनेसमाने हुँदैछन् । विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजारसहित ट्रफि पाउनेछन् ।

स्थानीय बोझोला इन्द्रेणी क्लब पावाको आयोजनामा जारी प्रतियोगिता इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा भईरहेको छ ।

प्रतियोगितामा इलामको माङसेबुङ गाउँपालिकासहित छिमेकी फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र मोरङका गरी २८ वटा टिमले सहभागिता जनाएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार