हिलिहाङ, वरभञ्ज्याङ र इभाङ क्वाटरफाइनलमा

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत हिलिहाङ एफसी, वरभञ्ज्याङ एफसी र इभाङ तीन एफसी क्वाटरफाइनल प्रवेश गरेका छन् ।

मङलबार भएको पहिलो खेलमा एलवाईएफसीलाई १-० गोल अन्तरमा पराजित गर्दै हिलिहाङ एफसी महमाई क्वाटरफाइनल प्रवेश गरेको छ ।

दोश्रो खेलका लागि सृजनशील एफसी उपस्थित नभएपछि इभाङ तीन एफसी संवत् विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्यो ।

त्यसैगरी तेश्रो खेलमा मगर संघ विरुद्ध २-० गोलको सहज जित निकाल्दै वरभञ्ज्याङ एफसी क्वाटरफाइनल प्रवेश गर्यो ।

प्रतियोगिता अन्तर्गत भोलि (बुधबार) क्वाटरफाइनलका सबै खेल सञ्चालन हुनेछन् । पहिलो क्वाटरफाइनलमा खेलमा चित्रे एफसी र योङहाङ एफसी, दोश्रो खेलमा मान्द्रे एससी र हिलिहाङ एफसी महमाई, तेश्रो खेलमा हिलिहाङ टोल विकास संस्था गुरुङगाउँ र इभाङ तीन एफसी तथा वरभञ्ज्याङ एफसी र पावा एफसीबिच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजारसहित ट्रफि पाउनेछन् । स्थानीय बोझोला इन्द्रेणी क्लब पावाको आयोजनामा जारी प्रतियोगिताको फाइनल कात्तिक २३ गते हुने आयोजक क्लबका सचिव सुरेश योङहाङले जानकारी दिए ।

प्रतियोगिता इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा भईरहेको छ । प्रतियोगितामा इलामको माङसेबुङ गाउँपालिकासहित छिमेकी फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र मोरङका गरी २८ वटा टिमले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार