एलवाईएफसी, निवाङ्सो र वरभञ्ज्याङ एफसी विजयी

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा जारी खुल्ला नकआउट फुटबल प्रतयोगितामा शुक्रबार एलवाईएफसी, निवाङ्सो क्लब र वरभञ्ज्याङ एफसी विजयी भएका छन् ।

पहिलो खेलमा माङसेबुङ गाउँपालिका-२ को रेडस्टार क्लबलाई टाइब्रेक्रमा ४-३ गोल अन्तरमा पराजित गर्दै माई नगरपालिकाको एलवाईएफसीले अघिल्लो यात्रा तय गरेको निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

दोस्रो खेलका लागि अलस्टार एफसी निर्धारित समयमा उपस्थित नभएपछि निवाङ्सो क्लब र तेस्रो खेलका लागि चिबुवा एफसी एफसी उपस्थित नभएपछि वरभञ्ज्याङ एफसी स्वत विजेता घोषित हुँदै अघिल्लो चरणमा प्रवेश गर्‍यो ।

प्रतियोगिता अन्तर्गत भोलि (शनिबार) पनि तीन खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा हिलिहाङ टोल विकास संस्था ‘ए’ र गैरीगाउँ एफसी, दोस्रो खेलमा हिलिहाङ टोल विकास संस्था ‘बी’ मगर संघ तथा तेस्रो खेलमा फाकफोकथुम एकतप्पा र सृजनशील एफसीबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजारसहित ट्रफि पाउनेछन् । स्थानीय बोझोला इन्द्रेणी क्लब पावाको आयोजनामा जारी प्रतियोगिताको फाइनल कात्तिक २३ गते हुने आयोजक क्लबका सचिव सुरेश योङहाङले जानकारी दिए ।

प्रतियोगिता इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा भईरहेको छ । प्रतियोगितामा इलामको माङसेबुङ गाउँपालिकासहित छिमेकी फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र मोरङका गरी २८ वटा टिमले सहभागिता जनाएका थिए ।
खेलतालिका हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार