इलामको माङसेबुङमा पहिरोले एक घर बगायो

  नयाँ बुलन्द
4.3k Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा अविरल बर्षाको कारण पहिरोले एक घर बगाएको छ ।

आज शनिवार बिहान ६ बजे माङसेबुङ गाउँपालिका-५, मिक्तोक्लाका सुबास खेसाङ राईको घर पहिरोले बगाएको हो ।

मानविय क्षति भने भएको छैन । पुरा विवरण आउन बाँकी छ । घटनाको सम्बन्धमा बुझ्ने काम भईरहेको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले नयाँ बुलन्दलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार