एमाले इलाम नगर अध्यक्षमा निवर्तमान अध्यक्ष ठकुरीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित (मत परिणामसहित)

  नयाँ बुलन्द
455 Shares

इलाम : नेकपा एमाले इलाम नगर अध्यक्षमा ठाकुरनारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

गएराती सम्पन्न दोस्रो नगर अधिवेनको निर्वाचनमा श्रेष्ठ अत्याधिक मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले एक सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिष्पर्धी तिलक ठकुरीले ९३ मत मात्र प्राप्त गरे । ठकुरी यसअघिका नगर अध्यक्ष हुन् श्रेष्ठ नगर सचिव हुन् ।

उपाध्यक्षमा दिपेन्द्र चापागाईं एक सय ५६ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी सन्जिव राईले ९४ मत मात्र प्राप्त गरे ।

सचिवमा नारदप्रसाल लम्साल एक सय ४९ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी गायत्री थेगिमले एक सय सात मत मात्र प्राप्त गरिन् ।

उपसचिवमा प्रकाश घिमिरे एक सय सत्र मतका साथ निर्वाचित भए । उनका प्रतिष्पर्धी ठाकुर कट्टेलले ५७  र डिपी दुलालले ६३ मत प्राप्त गरे । महिला उपसचिवमा सरिता दियाली सर्वसम्मत भइन् ।

कार्यसमिति सदस्यहरुमा खुल्लातर्फ मतदानबाट र अन्यतर्फ सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए  । अधिवेनबाट ६६ सदस्यीय नगर कमिटी निर्वािचित भएको उनले बताए ।

शुक्रबार सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भएको नगर अधिवेशनको उद्घाटन एमाले केन्द्रीय सदस्य एवम् प्रदेश आर्थिक मामिला तथा यफजना मन्त्री रामबहादुर मगर रानाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार