इलाम : याक्थुङ युवा मञ्चको तेश्रो केन्द्रीय परिषद बैठक लिम्बुवानको सुन्दर नगरी इलाममा सुरु भएको छ ।
इलाम सदरमुकामस्थित फ्रेण्ड्स होटलको सभाहलमा सोमबार सुरु भएको बैठकको उद्घाटन मञ्चका सल्लाहकार एवम् किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष मधुराज केरुङले गरे ।
उद्घाटन कार्यक्रममा केरुङसहित चुम्लुङ लिम्बुवान प्रदेश सल्लाहकार याम योङ्हाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, चुम्लुङ इलाम सल्लाहकार बखतबहादुर आङ्देम्बेलगायतले युवाहरु परिवर्तनको संवाहक भएकाले सकारात्मक परिवर्तनमा लाग्न सुझाव दिए ।
उनीहरूले समाज र देश परिवर्तनका लागि युवाहरू अगाडी बढ्न जरुरी रहेको बताए । उनीहरुले निराश नभई अघि बढे एकदिन अवश्य सफलता मिल्ने बताउँदै निरन्तर अघि बढ्न सुझाए ।
बैठकमा विभिन्न विषयमा छलफल, आगामी कार्ययोजना र इलाम घोषणापत्र जारी गरिने याक्थुङ युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गोले अताए ।
याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष इधिङ्गोको अध्यक्षमा सुरु भएक बैठकको स्वागत केन्द्रीय उपाध्यक्ष सुनिल आङ्बो र सञ्चालन केन्द्रीय सदस्य कुमार यवाले गरिरहेका छन् ।