सन्दकपुर गाउँपालिकाले गर्‍यो विभिन्न क्षेत्रमा योगदान गरेका २० व्यक्ति र संस्थालाई सम्मान (तस्बिरहरु)

इलाम : इलामको सन्दकपुर गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान गरेका २० व्यक्ति र संस्थालाई सम्मान गरेको छ । मङ्गलबार गाउँपालिकाद्वार आयोजित आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा, सार्वजनिक सुनुवाई तथा २०८१/०८१ को बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सम्मान गरेको हो ।

सन्दकपुरले नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष विप्लव भट्टराई, पूर्व अध्यक्ष उमेश गुरुङ, समाजसेवी धर्मराज नेम्बाङ र लिलाबहादुर राई, सौजन घतानी र सुगम दियाली, कुखुरा व्यवसायी कमल गुरुङ, तरकारी उत्पादक प्रकाश पराजुली, सवारी चालक महिला छेकी शेर्पा २०८० को माध्यमिक शिक्षा परीक्षा (एएइई) मा जिल्ला प्रथम हुने बिन्दी गुरुङ, लोक्ता व्यवसायी विक्रम फागोलाई सम्मान गरेको हो । त्यसैगरी सबैभन्दा बढी राजस्व संकलन गर्ने पेम्बा शेर्पा, जडीबुटी किसान देउकुमार राई, पर्यटन व्यवसायी हरिकुमार राई, नृत्य कलाकार जगदीश गुरुङ, पदम भट्टराई र ओम गुरुङलाई सम्मान गरेको हो ।

त्यस्तै संस्थातर्फ फेमेगुरु कृषि बहुउद्देशीय सहकारी संस्था, शेर्पा च्यालेट होटल र तीनदोभाने जल उपभोक्ता समितिलाई सम्मान गरेको हो ।

उनीहरुलाई जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरिकुमार लुंगेली, निवर्तमान गाउँपालिका अध्यक्ष उदयबहादुर राईलगायत दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

गाउँपालिका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रशासन प्रमुख धननारायण श्रेष्ठले गरेका थिए ।

तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार