चुलाचुली गाउँपालिका ६ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई रमितेमा सम्पन्‍न (तस्बिरहरु)

  नयाँ बुलन्द
56 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिका ६ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम रमिते (साकफारा) मा सोमबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा ६ नं. वडा सम्पर्क कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

चुलाचुली गाउँपालिका ६ नं. वडा कार्यालयको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ४० जना बढीको उपस्थिति थियो । कार्यक्रममा ६ जनन सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

उनीहरुले पूर्वाधार विकास, सडक निर्माणलगायत विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहका विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

सेवाग्राहीको प्रश्नको जवाफ वडा अध्यक्ष दिलकुमार राई र वडा सचिव सुवासचन्द्र लिम्बूले दिएका थिए ।

कार्यक्रममा वडा अध्यक्ष राईले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । उनले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे वडा अध्यक्ष राईले प्रतिवेदन प्रस्तुत गरेका थिए । स्वागत र औचित्य मन्तव्य वडा सचिव लिम्बूले गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रमका तस्विरहरु :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार