जुनियर (यू-१५) राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि कोशीबाट आठ जना छनौट

  नयाँ बुलन्द
161 Shares

इलाम : पोखरामा हुने जुनियर (यू-१५) राष्ट्रिय बुद्धिचाल प्रतियोगिता-२०८१ का लागि कोशी प्रदेशबाट आठ जना छनौट भएका छन् ।

शनिबार इलाम सदरमुकाममा सम्पन्न कोशी प्रदेश छनौट प्रतियोगितामा झापा र मोरङबाट तीन/तीन जना  र ताप्लेजुङबाट दुई जना प्रतियोगी विजेता हुँदै छनौट भएका छन् । प्रतियोगितामा छात्रतर्फ ताप्लेजुङका अर्पण भट्टराई पहिलो, मोरङका भानु गौतम दोस्रो र विकास घोर्साने तेस्रो एवम् झापाका श्रीयन्स चम्लागाईंले चौथो स्थान हासिल गर्दै छनौट भएका हुन् ।

त्यसैगरी छात्रातर्फ झापाकी प्रविशा दवाडी पहिलो र प्रतिमा बाँस्कोटा दोस्रो, ताप्लेजुङकी खुसी श्रेष्ठ तेस्रो र मोरङकी समिरा राईले चौथो स्थान हासिल गर्दै छनौट भएको कोशी प्रदेश बुद्धिचाल संघ इलामका अध्यक्ष प्रकाश परियारले जानकारी दिए ।

छनौट भएका खेलाडीहरुले आउँदो जेठ ३१ देखि ३२ गतेसम्म पोखरामा हुने जुनियर (यू-१५) राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा कोशी प्रदेशको तर्फबाट सहभागी हुनेछन् ।

शुक्रबार र शनिबार भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका २९ जना खेलाडीको सहभागिता रहेको थियो । कोशी प्रदेश बुद्धिचाल संघको आयोजना, इलाम जिल्ला बुद्धिचाल संघको व्यवस्थापन र नेपाल बुद्धिचाल महासंघको सहयोगमा प्रदेशस्तरीय छनौट प्रतियोगिता इलाममा सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार