इलाममा मुन्धुम शिक्षा गोष्ठी

इलाम : एक दिने मुन्धुम शिक्षा गोष्ठी शुक्रबार इलाम सदरमुकाममा सम्पन्न भएको छ ।

गोष्ठीमा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन र संघीय सचिव यासेली योङहाङले ‘मुन्धुम शिक्षा अवधारणापत्र’ प्रस्तुत गरेका थिए । अवधारणमापत्रमा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङले टिप्पणीसहित सुझाव राखेका थिए ।

त्यस्तै जिल्ला शाखाहरुको तर्फबाट सुनसरीका मनकुमार लाबुङ, तेह्रथुमका दिल पाक्साँवा, धनकुटाका भक्त लिम्बू, संखुवासभाका खनबहादुर शेर्मा र भक्तबहादुर नेयङ, मोरङका डम्बर कुरुम्बाङ, झापाका धर्म लक्सम्बा, पाँचथरका कमल हाङसरुम्बा, ताप्लेजुङका सरोज कङलिवा तथा इलामका मोहनसिंह बेघा, दिनेश तुम्बाहाम्फे, रेखा बेघा, चतुरमान फियाक, फुलकुमारी लिम्बू, बखतबहादुर आङदेम्बे, चम्पासिंह ताम्लिङ र टुपेन्द्र येक्तेनले टिप्पणीसहित सुझाव राखेका थिए । उनीहरुले मुन्धुम शिक्षा अपरिहार्य रहेको भन्दै दिगो व्यवस्थापनको योजनसहित कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

आदिवासी जनजातिक उत्थान राष्ट्रिय प्रतिष्ठनको सहयोगमा किरात याक्थुङ चुम्लुङ संघीय समितिको आयोजना र इलामको व्यवस्थापनमा गो्ष्ठी सम्पन्न भएको हो ।  गोष्ठीमा अरुण पूर्व ९ जिल्ला (लिम्बुवान) का विभिन्न जिल्लाबाट ५० बढीको सहभागिता गरेको थियो ।

किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष बुद्धमासा सोङ्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघीय महासचिव निरन्ती तुम्बापो र सचिव अभिषेय येक्तेनलर् गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार